badapatra


बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

9 months ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

9 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

9 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

9 months, 1 week ago

चलचित्र जन्य वस्तु तथा बौद्धिक सम्पतीको पाईरेसी नियन्त्रणलाई मद्धत पुग्ने श्रब्यदृष्य सामाग्री तयार पार्ने सम्बन्धी सूचना (२०८०।०१।०७)

3 years, 4 months ago | Published: April 26, 2023, 4:05 p.m. | Views: 24587

                                                                              नेपाल सरकार

                                                              सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

                                         चलचित्र विकास बोर्ड, सरस्वतीनगर, चाबहिल, काठमाडौंको

चलचित्र जन्य वस्तु तथा बौद्धिक सम्पतीको पाईरेसी नियन्त्रणलाई मद्धत पुग्ने श्रब्यदृष्य सामाग्री तयार पार्ने सम्बन्धी सूचना 

                                                               प्रकाशित मिति :- २०८०।०१।०७

यस चलचित्र विकास बोर्डको स्वीकृत  वार्षिक कार्यक्रम अनुसार “चलचित्र तथा चलचित्रजन्य वस्तुको पाइरेसी नियन्त्रण सम्बन्धी समाजिक जागरण सम्बन्धी सामाग्री तयार गर्नुपर्ने भएकोले देहायका शर्तहरु पालना गरी ईच्छुक फर्म, संस्था वा कम्पनीका लागि ७(सात) दिन भित्र प्रस्ताव पेश गर्न बोर्डको वेवसाईट www.film.gov.np र सूचना पाटीमा टांस गरी आवहान गरिन्छ ।

देहायः–

१. नविकरण भएको फर्म दर्ता प्रमाणपत्र (ख) मु.अ.कर दर्ता प्रमाणपत्र (ग) आ.ब. २०७८/०७९ को कर चुक्ता प्रमाणपत्र

२. चलचित्र विकास बोर्डले स्वीकृत गरेको कार्यक्षेत्रगत शर्त र स्कृप्ट अनुसारको प्रविधि, उपकरण र कलाकारहरु संलग्न गरी चलचित्रजन्य वस्तु तथा बोद्धिक सम्पतीको पाइरेसी नियन्त्रण सम्बन्धी समाजिक जागरण सम्बन्धी सामाग्री तयार गर्नुपर्नेछ ।

३. प्रस्तावदाताको योग्यता, अनुभव र त्यस्तो कार्य गर्नसक्ने क्षमताः

४. फर्म वा कम्पनीको विवरण र प्रस्तावित कार्यमा संलग्न हुने प्रमुख जनशक्तिको बैयक्तिगत विवरण सहितको हस्ताक्षर भएको Bio-Data संलग्न गर्नुपर्नेछ ।

५. गत विगत वर्षमा सम्पन्न गरेको समान प्रकृतिका काम र स्थानको विवरण उल्लेख हुनु पर्नेछ ।

६. गर्नुपर्ने कार्यको कार्यक्षेत्रगत शर्त तथा प्रस्ताव सम्बन्धि काागजात चलचित्र विकास बोर्डको लेखा शाखावाट प्राप्त गर्न सकिनेछ ।

७. प्रस्ताव पेश गर्नुपर्ने स्थानः चलचित्र विकास बोर्ड, सरस्वतीनगर, चावहिल,काठमाडौं, सम्पर्क नं. ०१४८१२३८७