| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना (२०७९।१२।१०)
2 years, 11 months ago |
| ADVANCED SCREENWRITING AND DIRECTION WORKSHOP with ANUPAM BARVE (17-19 March 2023)
3 years ago |
| महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
3 years ago |
| Children Film Society (CFS)- Open Call Online Campaign
3 years, 1 month ago |
| चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
3 years, 2 months ago |
चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी
(मितिः २०८२/११/२५)
चलचित्रको माध्यमबाट राष्ट्रलाई पुर्याएको
योगदानको कदर स्वरुप स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर योगदान पुर्याएका विभिन्न
विधाका चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरिने भएको हुँदा विशिष्ट, चलचित्रकर्मी र
मानार्थ श्रेणीको परिचयपत्र प्राप्त
गर्न योग्यता पुगेका इच्छुक चलचित्रकर्मीहरुले चलचित्र
विकास बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी बोर्डको कार्यालय वा ई-मेल ठेगाना info@film.gov.np मा आवेदन पेश गर्न "चलचित्रकर्मी परिचय पत्र
वितरण सम्बन्धी कार्यविधि,२०८१" (पहिलो संशोधन) को दफा १९ बमोजिम सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
शर्तहरूः-
(१) विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्रका लागि स्वेदशी चलचित्र
क्षेत्रमा निरन्तर कम्तीमा ३० (तीस) वर्ष योगदान पुर्याएका चलचित्रकर्मीहरुले आवेदन
फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन
दिन सक्नुहुनेछ।
(२) चलचित्रकर्मी श्रेणीको परिचयपत्रका
लागि स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा २०(बीस) वर्ष योगदान पुर्याएका
चलचित्रकर्मीहरुले आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन दिन सक्नुहुनेछ।
(३) मानार्थ श्रेणीको परिचयपत्रका लागि नेपाली चलचित्रको कुनै एक विधामा कम्तीमा निरन्तर २० वर्षसम्म समर्पित रही नेपाललाई विश्वस्तरमा चिनाउन योगदान पुर्याएको कुनै
विदेशी नागरिक वा दीर्घ साधना सम्मान
प्राप्त व्यक्तिले आवेदन फाराममा
निर्दिष्ट कुनै एक विधामा आवेदन दिन सक्नुहुनेछ।
(४) आवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः-
(क) नेपाली नागरिकताको प्रमाणपत्रको
प्रतिलिपि,
(ख) विदेशी नागरिकको
हकमा (मानार्थ श्रेणीको परिचयपत्रका लागि) राहदानी (पासपोर्ट) वा सम्बन्धित मुलुकबाट जारी आधिकारिक परिचयपत्रको प्रतिलिपि।
(ग) व्यक्तिगत विवरण (बायोडाटा),
(घ) चलचित्र क्षेत्रमा गरेको योगदानका लागि
प्राप्त सम्मान, पुरस्कार आदि प्रमाणपत्रको प्रतिलिपि,
(ङ) हालसालै खिचिएको पासपोर्ट साइजको रंगिन फोटो दुई
प्रति,
(च)
सम्भव भएसम्म आफुले काम गरेको चलचित्रको स्क्रिन शट,
(५) यो जानकारी चलचित्र विकास बोर्डको सूचना पाटीमा समेत टाँस
गरिएको छ।
(६) आवेदन फारfम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np बाट डाउनलोड
गरी प्राप्त गर्न सकिनेछ।
(७) अन्य शर्तहरु “चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१” बमोजिम हुनेछ।
(८) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित
रहनेछ।
(९) यस सम्बन्धमा थप
कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।
सम्पर्क
नम्बरः ४८१२३३२, ईमेलः info@film.gov.np