badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

7 months, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

7 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

7 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

8 months ago

चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी

4 months, 2 weeks ago | Published: March 9, 2026, 1:32 p.m. | Views: 4981

चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी

(मितिः २०८२/११/२५)

चलचित्रको माध्यमबाट राष्ट्रलाई पुर्‍याएको योगदानको कदर स्वरुप स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर योगदान पुर्‍याएका विभिन्न विधाका चलचित्रकर्मीलाई परिचयपत्र वितरण गरिने भएको हुँदा विशिष्ट, चलचित्रकर्मी र मानार्थ श्रेणीको परिचयपत्र प्राप्त गर्न योग्यता पुगेका इच्छुक चलचित्रकर्मीहरुले चलचित्र विकास बोर्डबाट स्वीकृत ढाँचाको आवेदन फाराम भरी बोर्डको कार्यालय वा -मेल ठेगाना info@film.gov.np मा आवेदन पेश गर्न "चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि,२०८१" (पहिलो संशोधन) को दफा १९ बमोजिम सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

 

शर्तहरूः-

(१)        विशिष्ट श्रेणीको चलचित्रकर्मी परिचयपत्रका लागि स्वेदशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० (तीस) वर्ष योगदान पुर्‍याएका चलचित्रकर्मीहरुले आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा   आवेदन दिन सक्नुहुनेछ।

(२)    चलचित्रकर्मी श्रेणीको परिचयपत्रका लागि स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा २०(बीस) वर्ष योगदान पुर्‍याएका चलचित्रकर्मीहरुले आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा    आवेदन दिन सक्नुहुनेछ।

(३)    मानार्थ श्रेणीको परिचयपत्रका लागि नेपाली चलचित्रको कुनै एक विधामा कम्तीमा निरन्तर २० वर्षसम्म समर्पित रही नेपाललाई        विश्वस्तरमा चिनाउन योगदान पुर्‍याएको कुनै विदेशी नागरिक वा दीर्घ साधना सम्मान प्राप्त व्यक्तिले आवेदन फाराममा निर्दिष्ट कुनै एक विधामा आवेदन दिन      सक्नुहुनेछ।

 (४)       आवेदन साथ पेश गर्नुपर्ने कागजातहरुः-

            (क) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,

     (ख) विदेशी नागरिकको हकमा (मानार्थ श्रेणीको परिचयपत्रका लागि) राहदानी (पासपोर्ट) वा सम्बन्धित मुलुकबाट जारी आधिकारिक परिचयपत्रको प्रतिलिपि।

            (ग) व्यक्तिगत विवरण (बायोडाटा),

             (घ) चलचित्र क्षेत्रमा गरेको योगदानका लागि प्राप्त सम्मान, पुरस्कार आदि प्रमाणपत्रको प्रतिलिपि,

            (ङ) हालसालै खिचिएको पासपोर्ट साइजको रंगिन फोटो दुई प्रति,

(च) सम्भव भएसम्म आफुले काम गरेको चलचित्रको स्क्रिन शट,

 (५)       यो जानकारी चलचित्र विकास बोर्डको सूचना पाटीमा समेत टाँस गरिएको छ।

(६)        आवेदन फारfम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np  बाट डाउनलोड गरी प्राप्त गर्न  सकिनेछ।

(७)        अन्य शर्तहरु चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१बमोजिम हुनेछ।

(८)        यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ।

(९)        यस सम्बन्धमा थप कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।

सम्पर्क नम्बरः ४८१२३३२, ईमेलः info@film.gov.np

Downloads:

 परिचयपत्र आवेदन फाराम WORD

 परिचयपत्र आवेदन फाराम PDF