badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

4 months, 3 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

5 months ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

5 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

5 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

5 months ago

सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान सम्पन्न

2 years, 4 months ago| Published: Feb. 6, 2024, 12:41 p.m. | Views: 9184

काठमाडौं, माघ २३ ।

चलचित्र विकास बोर्डले सुदूर पश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा घुम्ती सिनेमा साक्षरता अभियान सम्पन्न गरेको छ । बोर्ड सदस्य राजु केसीको नेतृत्वमा माघ १७ देखि प्रारम्भ भएको घुम्ती सिनेमा साक्षरता अभियान अन्तर्गत अछाम जिल्लाको साँफेबगर र मंगलसेन, डडेल्धुराको अमरगढी नगरपालिकाका २ ठाउँ, डोटी जिल्लाको जोरायल गाउँपालिकाको बुडर र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका पहलमानपुरमा चलचित्र प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रमहरु गरिएको थियो । अभियानमा स्थानीय कलाकार, जनप्रतिनिधि, विद्यार्थी, व्यवसायी एवं दर्शकहरुको उत्साहजक सहभागिता रहेको बोर्ड सदस्य केसीले बताउनु भयो ।


अभियानमा नेपाली चलचित्रको प्रवद्र्धनमा बोर्डले गरेका गतिविधि, मौलिक चलचित्रको निर्माण तथा बजारीकरण, चलचित्र घर स्थापना एवं नेपाली मौलिक कला, संस्कृति एवं पर्यटनको प्रवद्र्धन लगायतका विषयमा गहन छलफल गरिएको बोर्ड सदस्य केसीले बताउनु भयो । अभियानले सुदूर पश्चिमका ग्रामीण वस्तीमा नेपाली सिनेमा सम्बन्धी साक्षरता अभिवृद्धि गरेको बोर्डका निर्माण अधिकृत हरिसिंह राइखोलाले बताउनु भयो ।




अभियानमा चलचित्र विकास बोर्डले विशेष चलचित्रको अवार्ड प्रदान गरेका चलचित्रहरु बुलाकी,एट अनोदर विन्टर, ह्विल्स अन द बस, जुनको र ऐना झ्यालको पुतली प्रदर्शन गरिएको थियो । साथै त्यसक्रममा अछाममा कलाकार जनक साउदको संयोजकत्वमा सिनेमा क्लब गठन गरिएको थियो । सिनेमाघरको पहुँच बाहिर रहेका वस्ती र समुदायमा सिनेमा हेर्ने संस्कृतिको विकास गर्ने, राष्ट्रिय चलचित्रको बजारीकरण र सिने साक्षरता विषयमा आम दर्शकलाई सु–सुचित गर्ने, घुम्ती सिनेमा वा सिनेमा क्लब सञ्चालन गरी दर्शकहरुलाई चलचित्र सम्बन्धी ज्ञान र रुचि अभिवृद्धि गर्ने, मौलिक नेपाली चलचित्र निर्माण एवं प्रवद्र्धनबारे दर्शकहरुको रुचि, प्रतिक्रियाबारे धारणा बुझ्ने उद्देश्यले विगत केही वर्षदेखि बोर्डले घुम्ती सिनेमा साक्षरता अभियान शुरु गरेको हो ।