badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 month, 2 weeks ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

2 months ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

2 months ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

2 months ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

2 months ago

चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी

7 months ago| Published: March 15, 2026, 2:30 p.m. | Views: 5607

चलचित्र विकास बोर्डको ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम सुरु, १६६ जना सहभागी


काठमाडौं — नेपाली चलचित्रको ध्वनि तथा अभिनय क्षेत्रको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित चलचित्र विकास बोर्डले आयोजना गरेको तीन दिने ‘भ्वाइस एक्टिङ एण्ड डबिङ’ तालिम आइतबारदेखि औपचारिक रूपमा सुरु भएको छ। हलिउड तथा बलिउडका विभिन्न परियोजनामा काम गरिसकेका भारतीय साउन्ड आर्टिस्ट तथा भ्वाइस विशेषज्ञ अमित देओन्दी को प्रमुख प्रशिक्षणमा सञ्चालन भएको उक्त तालिममा नेपाली चलचित्र क्षेत्रका १६६ जना कलाकार, प्राविधिक तथा ध्वनि क्षेत्रमा रुचि राख्ने सहभागीहरू सहभागी भएका छन्।


कार्यक्रमको उद्घाटन सत्रलाई विशेष बनाउने उद्देश्यले आयोजकले नेपाली चलचित्रलाई हिन्दी भाषामा डब गरिएको र विदेशी चलचित्रलाई नेपाली भाषामा डब गरिएको भिडियो क्लिप प्रदर्शन गरेका थिए। ध्वनि, अभिनय र डबिङको प्रभावले दृश्यलाई कसरी नयाँ जीवन दिन्छ भन्ने सन्देश दिने गरी गरिएको उक्त प्रस्तुति सहभागीहरूका लागि निकै रोचक बनेको थियो।


उद्घाटन समारोहमा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष तथा निर्देशक दिनेश डिसी ले नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक तथा सिर्जनात्मक दुवै पक्षको विकास आवश्यक रहेको बताए।

उनले भने, “हाम्रा कथाहरू बलिया छन्। अब त्यसलाई आवाज र अभिनयमार्फत अझ प्रभावशाली बनाउने समय आएको छ। भ्वाइस एक्टिङ र डबिङको सही प्रयोगले नेपाली चलचित्रलाई नयाँ बजार र नयाँ दर्शकसम्म पुर्‍याउन सक्छ।”


तीन दिने तालिममा सहभागीहरूलाई भ्वाइस एक्टिङ, डबिङ प्रविधि, पात्रअनुसार आवाज प्रयोग, संवाद अभिव्यक्ति, स्टुडियो डबिङ प्रक्रिया तथा साउन्ड एडिटिङ सम्बन्धी सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइने कार्यक्रम रहेको बोर्डले जनाएको छ।


हलिउड ब्लकबस्टर ‘Avatar’, ‘Mission: Impossible’ लगायत अन्तर्राष्ट्रिय परियोजनाहरू तथा विभिन्न एनिमेसन तथा सिरिजहरूमा काम गरिसकेका प्रशिक्षक अमित देओन्दी को अनुभवबाट नेपाली चलचित्रकर्मीहरूले प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउने अपेक्षा गरिएको छ।


विदेशी विशेषज्ञको सहभागिता र ठूलो सङ्ख्यामा चलचित्रकर्मीहरूको उपस्थितिले नेपाली सिनेमामा भ्वाइस एक्टिङ र डबिङको गुणस्तर आगामी दिनमा अझ सुदृढ र अन्तर्राष्ट्रिय स्तरको बन्ने विश्वास गरिएको छ।