| विशिष्ट चलचित्रकर्मी श्रेणी तथा चलचित्रकर्मी श्रेणी परिचयपत्र प्राप्त चलचित्रकर्मीहरु । मिति २०७३/०१/०७ देखि मिति २०८१/०८/०५ सम्म
3 years, 3 months ago |
| चलचित्र विकास बोर्डमा रक्तदान कार्यक्रम सम्पन्न
3 months, 1 week ago |
| बोर्डको वार्षिकोत्सव पूर्वसन्ध्यामा मृगस्थलीमा वृक्षारोपण
3 months, 1 week ago |
| लालबन्दीमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न
3 months, 1 week ago |
| मातृभाषामा चलचित्र, लघु चलचित्र तथा वृत्तचित्र निर्माणका लागि पटकथा लेखन प्रशिक्षण तथा कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न
3 months, 1 week ago |
चलचित्र विकास बोर्डको आयोजनामा पछिल्लो साता ‘घुम्ती चलचित्र प्रदर्शनी’ अन्तर्गत सुपरहिट नेपाली चलचित्र ‘अन्जिला’ इलाम बजारको चोकमा रहेको ठुलो एलईडी स्क्रिनमार्फत प्रदर्शन गरिएको छ।
कार्यक्रममा बोर्ड सदस्य सन्तोष लोहनी, चलचित्रका निर्देशक मिलन चाम्स, निर्माता प्रेम कुमार श्रेष्ठ, वडा अध्यक्ष नरेश श्रेष्ठ, साहित्यकार द्वय राधेश्याम लेकाली र विमल वैद्य लगायत करिब ३७० दर्शकहरूको उपस्थिति रहेको थियो।
इलाममा निर्माणाधीन दुई पर्दा सहितको आधुनिक चलचित्र भवनको सन्दर्भमा जानकारी दिँदै, यस्तो किसिमको घुम्ती प्रदर्शनले स्थानीय स्तरमा नेपाली फिल्मप्रतिको रुचि र आकर्षण बढाउने छ।
यसै शृंखलाको निरन्तरतामा फिक्कल र श्रीअन्तुमा पनि यस्तै प्रकृतिको चलचित्र प्रदर्शन कार्यक्रम आयोजना गरिएको थियो।







