badapatra


७९औँ कान्स फिल्म फेस्टिभलमा नेपालको सहभागिता तथा नेपाली चलचित्रकर्मीहरूका लागि सूचना

7 months, 2 weeks ago

चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी जानकारी

7 months, 2 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन २३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

7 months, 2 weeks ago

चलचित्रकर्मीहरूका लागि तालिम सम्बन्धी सूचना

7 months, 3 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन १६ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

7 months, 3 weeks ago

पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना

1 year, 8 months ago | Published: Feb. 6, 2025, 4:23 p.m. | Views: 17927

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

काठमाडौं

पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना

प्रथमपटक प्रकाशति मितिः २०८१।१०।२४

 चलचित्र विकास बोर्डको चालू आ.व.२०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिका लागि बोर्डबाट मधेश प्रदेशको जनकपुरमा यही मिति २०८१ फागुनको १३, १४ र १५ गते प्रदेशस्तरीय पटकथा (Script) लेखन सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न लागिएको हुँदा चलचित्र लेखनमा रुचि भएका व्यक्तिहरुले बोर्डबाट उपलब्ध गराइएको फाराम भरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । 

आवेदन फाराम बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी ईमेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ । 

प्रशिक्षार्थी छनोटका आधार तथा शर्तहरुः 

१.यस प्रशिक्षणमा मधेश प्रदेशमा वसोवास गर्ने चलचित्र क्षेत्रप्रति रुचि भएका १८ देखि ४० उमेर समूहका नेपाली नागरिकहरुले  सहभागी हुन पाउनेछन् ।      

२. यस प्रशिक्षणमा सहभागी हुने प्रशिक्षार्थीरुले कम्तीमा एसइइ उत्तीर्ण गरेको हुनुपर्नेछ । 

३. मधेशका ८ वटै जिल्लाबाट समावेशी सिद्धान्त अनुसार प्रशिक्षार्थी छनोट गरिनेछ । 

४. चलचित्र क्षेत्रमा कार्य गरिरहेका वा सिर्जनात्मक लेखनमा सक्रिय रहेकाहरुलाई विशेष प्राथमिकता दिइने छ । 

५. यस प्रशिक्षणमा २० जना प्रशिक्षार्थीहरुले सहभागी हुन पाउने छन् । प्रशिक्षार्थी छनोट सम्बन्धी बोर्डको निर्णय अन्तिम हुनेछ ।

Downloads:

 लेखन सम्बन्धी प्रशिक्षण आवेदन फाराम PDF

 लेखन सम्बन्धी प्रशिक्षण आवेदन फाराम MS Word