| चलचित्र निर्माता, प्रदर्शक तथा वितरकहरूका लागि जरुरी सूचना
11 months, 2 weeks ago |
| नेपाली चलचित्र क्षेत्रका पुस्तक र चलचित्र स्क्रिप्ट (पटकथा) उपलब्ध गराउने सम्बन्धी सूचना
11 months, 1 week ago |
| २५ औं वार्षिकोत्सव अवसरमा सम्मान कार्यक्रमको लागि सूचना
1 year ago |
| अनुरोध सम्बन्धमा
1 year ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न
1 year ago |
नेपाल सरकार
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
काठमाडौं
पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना
प्रथमपटक प्रकाशति मितिः २०८१।१०।२४
चलचित्र विकास बोर्डको चालू आ.व.२०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिका लागि बोर्डबाट मधेश प्रदेशको जनकपुरमा यही मिति २०८१ फागुनको १३, १४ र १५ गते प्रदेशस्तरीय पटकथा (Script) लेखन सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न लागिएको हुँदा चलचित्र लेखनमा रुचि भएका व्यक्तिहरुले बोर्डबाट उपलब्ध गराइएको फाराम भरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवेदन फाराम बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी ईमेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ ।
प्रशिक्षार्थी छनोटका आधार तथा शर्तहरुः
१.यस प्रशिक्षणमा मधेश प्रदेशमा वसोवास गर्ने चलचित्र क्षेत्रप्रति रुचि भएका १८ देखि ४० उमेर समूहका नेपाली नागरिकहरुले सहभागी हुन पाउनेछन् ।
२. यस प्रशिक्षणमा सहभागी हुने प्रशिक्षार्थीरुले कम्तीमा एसइइ उत्तीर्ण गरेको हुनुपर्नेछ ।
३. मधेशका ८ वटै जिल्लाबाट समावेशी सिद्धान्त अनुसार प्रशिक्षार्थी छनोट गरिनेछ ।
४. चलचित्र क्षेत्रमा कार्य गरिरहेका वा सिर्जनात्मक लेखनमा सक्रिय रहेकाहरुलाई विशेष प्राथमिकता दिइने छ ।
५. यस प्रशिक्षणमा २० जना प्रशिक्षार्थीहरुले सहभागी हुन पाउने छन् । प्रशिक्षार्थी छनोट सम्बन्धी बोर्डको निर्णय अन्तिम हुनेछ ।