badapatra


बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

8 months, 4 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

9 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

9 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

9 months, 1 week ago

पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना

1 year, 6 months ago | Published: Feb. 6, 2025, 4:23 p.m. | Views: 16593

नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

काठमाडौं

पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना

प्रथमपटक प्रकाशति मितिः २०८१।१०।२४

 चलचित्र विकास बोर्डको चालू आ.व.२०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार चलचित्रकर्मीहरुको दक्षता अभिवृद्धिका लागि बोर्डबाट मधेश प्रदेशको जनकपुरमा यही मिति २०८१ फागुनको १३, १४ र १५ गते प्रदेशस्तरीय पटकथा (Script) लेखन सम्बन्धी प्रशिक्षण सञ्चालन गर्न लागिएको हुँदा चलचित्र लेखनमा रुचि भएका व्यक्तिहरुले बोर्डबाट उपलब्ध गराइएको फाराम भरी यो सूचना प्रकाशित भएको मितिले सात दिनभित्र बोर्डको कार्यालय वा इमेल मार्फत यसै सूचनालाई आधार मानी आवेदन पेश गर्नहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ । 

आवेदन फाराम बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी ईमेल ठेगाना fdbworkshop2024@gmail.com मा पठाउन सकिनेछ । 

प्रशिक्षार्थी छनोटका आधार तथा शर्तहरुः 

१.यस प्रशिक्षणमा मधेश प्रदेशमा वसोवास गर्ने चलचित्र क्षेत्रप्रति रुचि भएका १८ देखि ४० उमेर समूहका नेपाली नागरिकहरुले  सहभागी हुन पाउनेछन् ।      

२. यस प्रशिक्षणमा सहभागी हुने प्रशिक्षार्थीरुले कम्तीमा एसइइ उत्तीर्ण गरेको हुनुपर्नेछ । 

३. मधेशका ८ वटै जिल्लाबाट समावेशी सिद्धान्त अनुसार प्रशिक्षार्थी छनोट गरिनेछ । 

४. चलचित्र क्षेत्रमा कार्य गरिरहेका वा सिर्जनात्मक लेखनमा सक्रिय रहेकाहरुलाई विशेष प्राथमिकता दिइने छ । 

५. यस प्रशिक्षणमा २० जना प्रशिक्षार्थीहरुले सहभागी हुन पाउने छन् । प्रशिक्षार्थी छनोट सम्बन्धी बोर्डको निर्णय अन्तिम हुनेछ ।

Downloads:

 लेखन सम्बन्धी प्रशिक्षण आवेदन फाराम PDF

 लेखन सम्बन्धी प्रशिक्षण आवेदन फाराम MS Word