badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

4 days, 2 hours ago| Published: April 29, 2025, 11:36 a.m. | Views: 77

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला २०८२ साल वैशाख १५ गतेदेखि काठमाडौंमा औपचारिक रूपमा सुरू भएको छ । यो दुई हप्ते कार्यशालाले नेपाली महिला फिल्ममेकरहरूलाई चलचित्र/वृत्तचित्र निर्माणको क्षेत्रमा सशक्त बनाउने महत्वपूर्ण अवसर प्रदान गर्दै नेपाली फिल्म क्षेत्रमा लैङ्गिक समानताको प्रवर्द्धन सहित महिला सर्जकहरूको क्षमता उजागर गर्नेमा बोर्ड विश्वस्त छ। शुभकामना।