badapatra


स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

4 years ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

4 years ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

4 years, 1 month ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

4 years, 1 month ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

4 years, 6 months ago

विशेष चलचित्र २०७८ र २०७९ सम्बन्धी सूचना ( २०८०।०१।१० )

3 years, 5 months ago | Published: May 7, 2023, 10:48 a.m. | Views: 24947

विशेष चलचित्र २०७८ र २०७९ सम्बन्धी सूचना

 

(प्रथम पटक प्रकाशित मितिः२०८०।०१।१०)

चलचित्र विकास बोर्डबाट कला र प्रविधिमा रचनात्मक प्रयोग सहित राष्ट्रियरूपमा योगदान पुर्याउन सक्ने त्यस्ता विशेष चलचित्रहरू छनोट गरि तिनलाई प्रोत्साहन एवं पुरस्कृत गरिने भएकाले सोका लागि निम्न सर्तहरूको अधीनमा रही स्वदेशी चलचित्रहरूको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरूः

१.       चलचित्र निर्माताले यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ ।

२.       २०७८ वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तभित्र जाँच भएका चलचित्रहरू विशेष चलचित्र छनोटमा सहभागी हुन सक्नेछन् ।

३.    दरखास्त साथ चलचित्र निर्माण गर्न दिइने इजाजतपत्र, चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि र चलचित्र अवलोकनका लागि सम्बन्धित चलचित्रको MPEG Content , MP4, वा  DCP बुझाउनुपर्नेछ ।

४.      चलचित्र कथानक चलचित्र हुनु पर्नेछ । 

५.    पुरस्कृत हुने चलचित्रलाई बोर्ड वा बोर्ड मार्फत सार्वजानिकरुपमा आयोजना गरिने विभिन्न चलचित्र महोत्सव¸ पुरस्कार¸ घुम्ती चलचित्र प्रदर्शन आदि कार्यक्रमहरुमा प्रदर्शनका लागि बोर्डबाट माग गरेको अवस्थामा उक्त चलचित्रहरु बोर्डलाई उपलब्ध गराउनु पर्नेछ ।          

६.      तोकिएको समयभन्दा पछि प्राप्त हुने दरखास्त उपर कुनै कारबाही गरिने छैन ।

७.      यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।

८.      यस सम्बन्धमा अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।

९.      यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।

१०.   दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ ।

११.   दरखास्त फारम र आवश्यक कागजात संलग्न गरी बोर्डको विशेष चलचित्र छनोटको ई–मेल ठेगाना specialfilm2078@gmail.com मा पठाउन सकिनेछ .

१२.  अन्य शर्तहरु दरखास्त फारममा उल्लेख गरिए बमोजिम हुनेछ ।

 

विस्तृत जानकारीका लागिः

 

नेपाल सरकार,

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

सरस्वतीनगर, चाबहिल, काठमाडौं।

सम्पर्क टेलिफोनः०१- ४८२२८६०

http://www.film.gov.np

ई–मेल ठेगानाः specialfilm2078@gmail.com

Downloads:

 विशेष चलचित्र दरखास्त फारम २०७८ र २०७९ WORD

 विशेष चलचित्र दरखास्त फारम २०७८ र २०७९ PDF