| चलचित्र निर्माता, प्रदर्शक तथा वितरकहरूका लागि जरुरी सूचना (दोस्रो पटक)
1 year, 2 months ago |
| बालचलचित्र महोत्सवमा सहभागिता सम्बन्धी सूचना
1 year, 2 months ago |
| चलचित्र निर्माता, प्रदर्शक तथा वितरकहरूका लागि जरुरी सूचना
1 year, 3 months ago |
| नेपाली चलचित्र क्षेत्रका पुस्तक र चलचित्र स्क्रिप्ट (पटकथा) उपलब्ध गराउने सम्बन्धी सूचना
1 year, 3 months ago |
| २५ औं वार्षिकोत्सव अवसरमा सम्मान कार्यक्रमको लागि सूचना
1 year, 4 months ago |
विशेष चलचित्र २०७८ र २०७९ सम्बन्धी सूचना
(प्रथम पटक
प्रकाशित मितिः२०८०।०१।१०)
चलचित्र
विकास बोर्डबाट कला र प्रविधिमा रचनात्मक
प्रयोग सहित राष्ट्रियरूपमा योगदान पुर्याउन सक्ने त्यस्ता विशेष
चलचित्रहरू छनोट गरि तिनलाई प्रोत्साहन एवं
पुरस्कृत गरिने भएकाले सोका लागि निम्न सर्तहरूको अधीनमा रही स्वदेशी चलचित्रहरूको
सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरूः
१. चलचित्र निर्माताले यो सूचना
प्रथम पटक प्रकाशित भएको मितिले १५ दिनभित्र दरखास्त दिनुपर्नेछ
।
२. २०७८ वैशाख १ गतेदेखि २०७९ चैत्र मसान्तभित्र जाँच भएका चलचित्रहरू विशेष चलचित्र छनोटमा सहभागी हुन सक्नेछन् ।
३. दरखास्त साथ चलचित्र निर्माण गर्न दिइने
इजाजतपत्र, चलचित्र जाँच प्रमाणपत्रको प्रतिलिपि र चलचित्र
अवलोकनका लागि सम्बन्धित चलचित्रको MPEG Content , MP4, वा DCP बुझाउनुपर्नेछ ।
४. चलचित्र कथानक चलचित्र हुनु पर्नेछ ।
५. पुरस्कृत हुने चलचित्रलाई बोर्ड वा बोर्ड
मार्फत सार्वजानिकरुपमा आयोजना गरिने विभिन्न चलचित्र महोत्सव¸ पुरस्कार¸ घुम्ती चलचित्र प्रदर्शन आदि कार्यक्रमहरुमा
प्रदर्शनका लागि बोर्डबाट माग गरेको अवस्थामा उक्त चलचित्रहरु बोर्डलाई उपलब्ध
गराउनु पर्नेछ ।
६. तोकिएको समयभन्दा
पछि प्राप्त हुने दरखास्त उपर कुनै कारबाही गरिने छैन ।
७. यस सम्बन्धी
सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
८. यस सम्बन्धमा
अन्य कुराहरू बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
९. यो सूचना चलचित्र
विकास बोर्डको वेवसाईट www.film.gov.np
मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
१०. दरखास्त फारम
बोर्डको कार्यालय वा बोर्डको वेवसाइट www.film.gov.np बाट डाउनलोड गरी
प्राप्त गर्न सकिनेछ ।
११. दरखास्त फारम र आवश्यक कागजात
संलग्न गरी बोर्डको विशेष चलचित्र छनोटको ई–मेल ठेगाना specialfilm2078@gmail.com मा पठाउन सकिनेछ .
१२. अन्य शर्तहरु दरखास्त फारममा उल्लेख
गरिए बमोजिम हुनेछ ।
विस्तृत जानकारीका लागिः
नेपाल सरकार,
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
चलचित्र विकास बोर्ड
सरस्वतीनगर, चाबहिल, काठमाडौं।
सम्पर्क टेलिफोनः०१-
४८२२८६०
http://www.film.gov.np
ई–मेल ठेगानाः
specialfilm2078@gmail.com