badapatra


स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

4 years ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

4 years ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

4 years, 1 month ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

4 years, 1 month ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

4 years, 6 months ago

चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन

3 years, 10 months ago | Published: Dec. 27, 2022, 11:39 a.m. | Views: 28308

१२ पौष २०७९, काठमाडौँः चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मिति भन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब ४ (चार) दिन अगावै दरखास्त पेश गर्नुपर्ने गरी बोर्डको मिति २०७९ पौष ११ मा बसेको बैठकबाट संशोधन गरिएको छ ।

यसैगरी, सोही बैठकबाट बेलुकी ११ः०० बजेपछि चलचित्र प्रदर्शन शुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नु पर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराउनुपर्ने समेत निर्णय गरेको छ । यसअघि बेलुका ११ः०० बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो । 

साथै, नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको छ ।