badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण १७ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 3 weeks ago

शोक विज्ञप्ति

2 months, 3 weeks ago

प्रदर्शनरत नेपाली तथा विदेशी चलचित्रहरूको अनधिकृत रेकर्डिङ (क्याम-रेकर्डिङ) तथा डिजिटल पाइरेसी सम्बन्धमा

2 months, 3 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण १० गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 4 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण ३ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 months ago

चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन

3 years, 10 months ago | Published: Dec. 27, 2022, 11:39 a.m. | Views: 28292

१२ पौष २०७९, काठमाडौँः चलचित्र विकास बोर्डले स्वदेशी तथा विदेशी चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिनका लागि चलचित्रको सार्वजनिक प्रदर्शन हुने मिति भन्दा कम्तीमा ७ (सात) दिन अगावै दरखास्त पेश गर्नुपर्ने नियमलाई परिमार्जित गर्दै अब ४ (चार) दिन अगावै दरखास्त पेश गर्नुपर्ने गरी बोर्डको मिति २०७९ पौष ११ मा बसेको बैठकबाट संशोधन गरिएको छ ।

यसैगरी, सोही बैठकबाट बेलुकी ११ः०० बजेपछि चलचित्र प्रदर्शन शुरु गरी प्रदर्शन गर्नुपर्दा आवश्यक शान्ति सुरक्षाको व्यवस्था सुनिश्चित हुने गरी प्रदर्शकले चलचित्र प्रदर्शन गर्नु पर्ने र त्यसरी उक्त समयमा चलचित्र प्रदर्शन गर्नु परेमा प्रदर्शन गर्नु अगावै बोर्डलाई जानकारी गराउनुपर्ने समेत निर्णय गरेको छ । यसअघि बेलुका ११ः०० बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने र त्यसपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिई चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो । 

साथै, नेपाल चलचित्र क्षेत्रका समस्याहरुको समाधानका र यस क्षेत्रको हितको लागि विभिन्न संघ-संस्थाहरुसँग वार्ता, छलफल तथा अन्तरक्रियाको लागि चलचित्र विकास बोर्ड सदैव तत्पर रहेको छ ।