badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

4 months, 3 weeks ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

4 months, 3 weeks ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

3 years, 7 months ago | Published: Sept. 15, 2022, 12:41 p.m. | Views: 23971

स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट स्कृप्टको छनोट गरी स्कृप्टका लेखक तथा चलचित्रको निर्माणमा प्रोत्साहन स्वरुप सहकार्य/सहयोग गर्ने कार्यक्रम रहेको हुँदा यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिनभित्र बोर्डको कार्यालय वा ई–मेल ठेगाना storybankfdb@gmail.com मा कथा, पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्नहुन स्टोरी बैंक (कथा संग्रहालय) सम्बन्धी कार्यविधि,२०७९ को दफा २० बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ ।


सहभागिताका शर्तहरुः

(१) स्कृप्ट लेखक/निर्माता नेपाली नागरिक हुनुपर्नेछ ।

(२) स्कृप्ट नेपालको नेपाली वा राष्ट्रभाषामा लेखिएको हुनुपर्नेछ ।  

(३) चलचित्रको स्कृप्टमा कुनै पनि चलचित्र निर्माण गरेको हुनु हुँदैन ।

(४) चलचित्र कथानक वा लघु चलचित्र हुनुपर्नेछ ।

(५) चलचित्रको स्कृप्ट प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गरी सोको प्रमाण पुष्टि हुने कागजात पेश गर्नुपर्नेछ ।

(६) स्कृप्ट लेखक र निर्माण पक्ष बीचको सम्झौता भएको भए सो सम्झौताको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।

(७) अनुसूची ३ बमोजिमको ढाँचामा मञ्जुरीनामा सहितको प्रतिवद्धता पेश गर्नुपर्नेछ । 

(८) आवेदन साथ चलचित्रको ३ (तीन) प्रति कथा,पटकथा र संवाद (स्कृप्ट) र सोको डिजिटल प्रति समेत पेश गर्नुपर्नेछ । 

(९) सहभागिता सम्बन्धी अन्य शर्तहरु दरखास्त फाराममा उल्लेख भए बमोजिम हुनेछन् ।

(१०) तोकिएको अवधिपछि प्राप्त हुने दरखास्त उपर कुनै पनि कारबाही गरिने छैन ।

(११) यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।

(१२) दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np मा प्राप्त गर्न  सकिनेछ ।

(१३) अन्य शर्तहरु “स्टोरी बैंक (कथा संग्रहालय) सम्बन्धी कार्यविधि २०७९” बमोजिम हुनेछ ।

(१४) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।

(१५) यस सम्बन्धमा अन्य कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।


सम्पर्क नम्बरः ०१–४८२२८६०,४८१२३३२, ईमेलः storybankfdb@gmail.com

Downloads:

 Story_Bank_2079_Announcement

 Story Bank Application Form and Authorisation Form