Invitation for Bids (E-bidding) for Construction of Indoor Film Studio at Banepa Municipality, Ward no 10 & 13, Kavrepalanchowk
3 months, 3 weeks ago |
पटकथा लेखन सम्बन्धी तीन दिने कार्यशालमा सहभागिता सम्बन्धी सूचना
4 months ago |
मेकअप सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना (२०८१/०८२)
4 months ago |
कथा संग्रहालय (स्टोरी बैंक) को नतिजा प्रकाशन सम्बन्धी सूचना
4 months, 3 weeks ago |
चलचित्रघरको स्तरोन्नति तथा प्रोत्साहन सम्बन्धी सूचना
4 months, 3 weeks ago |
स्वदेशी चलचित्रको विकास, प्रवर्द्धन र संरक्षणका लागि मौलिक, ऐतिहासिक, यथार्थपरक, कलात्मक, सामाजिक, साँस्कृतिक, सन्देशमूलक एवं राष्ट्रियताको पहिचानमा आधारित कथावस्तुमा चलचित्र निर्माण गर्न प्रोत्साहनका लागि उत्कृष्ट स्कृप्टको छनोट गरी स्कृप्टका लेखक तथा चलचित्रको निर्माणमा प्रोत्साहन स्वरुप सहकार्य/सहयोग गर्ने कार्यक्रम रहेको हुँदा यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले ३५ (पैंतिस) दिनभित्र बोर्डको कार्यालय वा ई–मेल ठेगाना storybankfdb@gmail.com मा कथा, पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्नहुन स्टोरी बैंक (कथा संग्रहालय) सम्बन्धी कार्यविधि,२०७९ को दफा २० बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ ।
सहभागिताका शर्तहरुः
(१) स्कृप्ट लेखक/निर्माता नेपाली नागरिक हुनुपर्नेछ ।
(२) स्कृप्ट नेपालको नेपाली वा राष्ट्रभाषामा लेखिएको हुनुपर्नेछ ।
(३) चलचित्रको स्कृप्टमा कुनै पनि चलचित्र निर्माण गरेको हुनु हुँदैन ।
(४) चलचित्र कथानक वा लघु चलचित्र हुनुपर्नेछ ।
(५) चलचित्रको स्कृप्ट प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयमा दर्ता गरी सोको प्रमाण पुष्टि हुने कागजात पेश गर्नुपर्नेछ ।
(६) स्कृप्ट लेखक र निर्माण पक्ष बीचको सम्झौता भएको भए सो सम्झौताको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ ।
(७) अनुसूची ३ बमोजिमको ढाँचामा मञ्जुरीनामा सहितको प्रतिवद्धता पेश गर्नुपर्नेछ ।
(८) आवेदन साथ चलचित्रको ३ (तीन) प्रति कथा,पटकथा र संवाद (स्कृप्ट) र सोको डिजिटल प्रति समेत पेश गर्नुपर्नेछ ।
(९) सहभागिता सम्बन्धी अन्य शर्तहरु दरखास्त फाराममा उल्लेख भए बमोजिम हुनेछन् ।
(१०) तोकिएको अवधिपछि प्राप्त हुने दरखास्त उपर कुनै पनि कारबाही गरिने छैन ।
(११) यो सूचना चलचित्र विकास बोर्डको वेवसाईट www.film.gov.np मा र बोर्डको सूचना पाटीमा समेत हेर्न सकिनेछ ।
(१२) दरखास्त फारम बोर्डको कार्यालय वा बोर्डको वेवसाईट www.film.gov.np मा प्राप्त गर्न सकिनेछ ।
(१३) अन्य शर्तहरु “स्टोरी बैंक (कथा संग्रहालय) सम्बन्धी कार्यविधि २०७९” बमोजिम हुनेछ ।
(१४) यस सम्बन्धी सर्वाधिकार चलचित्र विकास बोर्डमा निहित रहनेछ ।
(१५) यस सम्बन्धमा अन्य कुनै कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
सम्पर्क नम्बरः ०१–४८२२८६०,४८१२३३२, ईमेलः storybankfdb@gmail.com