badapatra


आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

3 years, 11 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

4 years ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

4 years ago

चलचित्र प्रदर्शक (चलचित्रघर)का लागि अत्यन्त जरुरी सूचना (२०७९।१।१३)

4 years, 5 months ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७९।५।६ सोमबार, गोरखापत्र दैनिक)

4 years, 1 month ago

चलचित्र विकास बोर्ड र मगर चलचित्रकर्मी संघको सहकार्यमा पोखरामा ड्रोनसहितको फोटोग्राफी–भिडियोग्राफी तालिम

8 months, 2 weeks ago | Published: Jan. 6, 2026, 3:11 p.m. | Views: 5271

चलचित्र विकास बोर्डको सहकार्य तथा मगर चलचित्रकर्मी संघको आयोजनामा सञ्चालन भइरहेको एक महिने फोटोग्राफी तथा भिडियोग्राफी (ड्रोनसहित) प्रशिक्षण कार्यक्रम पोखरामा प्रभावकारी रूपमा अघि बढिरहेको छ।

कार्यक्रम अन्तर्गत पुस २० गते आयोजित विशेष अन्तरक्रिया सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष ले प्रशिक्षार्थीहरूसँग आफ्नो लामो चलचित्र यात्राका अनुभव साझा गर्नुभयो। उहाँले भन्नुभयो,

“अरूको कुरा काट्दै बसेर केही हुँदैन, गर्ने काम आफैँले हो। यस क्षेत्रमा कति अघि बढ्ने भन्ने कुरा तपाईंको मेहनत, निरन्तरता र अभ्यासमा निर्भर गर्छ।”

अध्यक्ष डि.सी.ले चलचित्रमा दृश्यको महत्व, सिर्जनात्मक सोच र व्यावहारिक सीपको भूमिकाबारे प्रकाश पार्दै यही क्षेत्रमा दिनको एक हजारदेखि पचास हजार रुपैयाँसम्म कमाउने सम्भावना रहेको उल्लेख गर्नुभयो। तर, त्यो सम्भावनालाई उपलब्धिमा बदल्न अनुशासन, निरन्तर अभ्यास र व्यवहारमा सिकेको कुरा लागू गर्नुपर्ने उहाँको जोड थियो।

पुष १ गतेदेखि सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम पोखरा महानगरपालिका–गगनगौडास्थित धौलागिरी आमा पुन मगर समाजको भवनमा सञ्चालनमा छ।

कार्यक्रममा सिन्धुली, स्याङ्जा, कास्की, तनहुँ, पर्वत र म्याग्दी जिल्लाबाट आएका ३० जना प्रशिक्षार्थीहरू सहभागी छन्। उनीहरूले फोटोग्राफी, भिडियोग्राफी तथा ड्रोन प्रविधिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरिरहेका छन्।

प्रशिक्षण अवधिभर विभिन्न विषय विज्ञ प्रशिक्षकहरूलाई आमन्त्रण गरी गुणस्तरीय प्रशिक्षण प्रदान भइरहेको आयोजकले जानकारी दिएका छन्।

प्रशिक्षार्थीहरूको सहजीकरण मगर चलचित्रकर्मी संघका उपाध्यक्ष देव पुन मगरले गरिरहेका छन् भने कार्यक्रमको व्यवस्थापन जिम्मेवारी नेपाल पुन मगर समाजले सम्हालेको छ।

चलचित्र विकास बोर्डले यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धि गर्ने तालिमहरूलाई निरन्तर प्राथमिकतामा राख्दै नेपाली चलचित्र तथा दृश्य–श्रव्य क्षेत्रलाई प्राविधिक रूपमा सक्षम र प्रतिस्पर्धी बनाउँदै लैजाने लक्ष्य लिएको जनाएको छ।