badapatra


९९औँ एकेडेमी अवार्ड (ओस्कार) को "इन्टरनेसनल फिचर फिल्म" विधाका लागि नेपाली चलचित्र आवेदन खुला सम्बन्धी जानकारी।

1 month, 2 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण ३१ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 2 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण २४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 3 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ श्रावण १७ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months ago

शोक विज्ञप्ति

2 months ago

चलचित्र विकास बोर्ड र मगर चलचित्रकर्मी संघको सहकार्यमा पोखरामा ड्रोनसहितको फोटोग्राफी–भिडियोग्राफी तालिम

9 months ago | Published: Jan. 6, 2026, 3:11 p.m. | Views: 5691

चलचित्र विकास बोर्डको सहकार्य तथा मगर चलचित्रकर्मी संघको आयोजनामा सञ्चालन भइरहेको एक महिने फोटोग्राफी तथा भिडियोग्राफी (ड्रोनसहित) प्रशिक्षण कार्यक्रम पोखरामा प्रभावकारी रूपमा अघि बढिरहेको छ।

कार्यक्रम अन्तर्गत पुस २० गते आयोजित विशेष अन्तरक्रिया सत्रमा चलचित्र विकास बोर्डका अध्यक्ष ले प्रशिक्षार्थीहरूसँग आफ्नो लामो चलचित्र यात्राका अनुभव साझा गर्नुभयो। उहाँले भन्नुभयो,

“अरूको कुरा काट्दै बसेर केही हुँदैन, गर्ने काम आफैँले हो। यस क्षेत्रमा कति अघि बढ्ने भन्ने कुरा तपाईंको मेहनत, निरन्तरता र अभ्यासमा निर्भर गर्छ।”

अध्यक्ष डि.सी.ले चलचित्रमा दृश्यको महत्व, सिर्जनात्मक सोच र व्यावहारिक सीपको भूमिकाबारे प्रकाश पार्दै यही क्षेत्रमा दिनको एक हजारदेखि पचास हजार रुपैयाँसम्म कमाउने सम्भावना रहेको उल्लेख गर्नुभयो। तर, त्यो सम्भावनालाई उपलब्धिमा बदल्न अनुशासन, निरन्तर अभ्यास र व्यवहारमा सिकेको कुरा लागू गर्नुपर्ने उहाँको जोड थियो।

पुष १ गतेदेखि सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम पोखरा महानगरपालिका–गगनगौडास्थित धौलागिरी आमा पुन मगर समाजको भवनमा सञ्चालनमा छ।

कार्यक्रममा सिन्धुली, स्याङ्जा, कास्की, तनहुँ, पर्वत र म्याग्दी जिल्लाबाट आएका ३० जना प्रशिक्षार्थीहरू सहभागी छन्। उनीहरूले फोटोग्राफी, भिडियोग्राफी तथा ड्रोन प्रविधिसम्बन्धी सैद्धान्तिक र व्यावहारिक ज्ञान हासिल गरिरहेका छन्।

प्रशिक्षण अवधिभर विभिन्न विषय विज्ञ प्रशिक्षकहरूलाई आमन्त्रण गरी गुणस्तरीय प्रशिक्षण प्रदान भइरहेको आयोजकले जानकारी दिएका छन्।

प्रशिक्षार्थीहरूको सहजीकरण मगर चलचित्रकर्मी संघका उपाध्यक्ष देव पुन मगरले गरिरहेका छन् भने कार्यक्रमको व्यवस्थापन जिम्मेवारी नेपाल पुन मगर समाजले सम्हालेको छ।

चलचित्र विकास बोर्डले यस्ता सीपमूलक तथा क्षमता अभिवृद्धि गर्ने तालिमहरूलाई निरन्तर प्राथमिकतामा राख्दै नेपाली चलचित्र तथा दृश्य–श्रव्य क्षेत्रलाई प्राविधिक रूपमा सक्षम र प्रतिस्पर्धी बनाउँदै लैजाने लक्ष्य लिएको जनाएको छ।