badapatra


चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०७८।४।३१ सोमबार, गोरखापत्र दैनिक)

5 years, 2 months ago | Published: Aug. 16, 2021, 1 a.m. | Views: 31285

चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. विद्यावारिधि शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका – २ जना
२. दर्शनाचार्य शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका – २ जना
३. स्नातकोत्तर छात्रवृत्तिः
    (क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने – २ जना
    (ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी – २ जना

४. स्नातक छात्रवृत्तिः चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत जम्मा १० (दश) जनाको लागि,
– खुलातर्फः ५ (पाँच) जना
– आरक्षणतर्फः ५ (पाँच) जना
(क) मधेशी, दलित र जनजातितर्फ– ३ (तीन) जना,
(ख) महिलातर्फ– २ (दुई) जना

५.लघु पाठ्यक्रमः
– चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत विद्यार्थीहरू – २ जना

सम्बन्धित आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र (दरखास्त दिने अन्तिम मितिः २०७८ भदाै २९ गतेभित्र / Application Deadline: 14th September, 2021) बोर्डको कार्यालयमा वा इमेल ठेगाना nepalfilmscholarship@gmail.com मार्फत् अनलाइन आवेदन दर्ता गराइसक्नु पर्नेछ ।

इमेल मार्फत् फारम भरी पठाउँदा पालना गर्नुपर्ने विधिः,
a. Subject मा Application Level _ First Name _ Year _ Institution_Name:
 i.e. Bachelors_Sita_2078_Oscar, Masters_Ram_2078_TU etc. उल्लेख गर्नु पर्नेछ ।

b. दरखास्त साथ पेश गर्ने कागजातहरू स्क्यान गरी PDF वा JPG Format (300 dpi) मा Attach गर्नुपर्नेछ ।
c. एकजना विद्यार्थीसँग सम्बन्धित दरखास्त पठाउँदा एउटै इमेलमा सम्पूर्ण संलग्न गर्नुपर्ने कागजातहरू Attach गर्नुपर्नेछ ।
d.  अनलाइन दरखास्त दिनुहुने विद्यार्थीहरूले अन्तर्वातामा उपस्थित हुँदा रू. १० (दश) को हुलाक टिकट बुझाउनु पर्नेछ ।

 

दरखास्त  फारम डाउनलाेड गर्न तलको लिंक प्रयाेग गरी डाउनलोड गर्नुहोस्ः

1. Application form Bachelor and Short-TermCourse, (PDF)

2. Application form Masters MPhil PHD Course. (PDF)


IF YOU REQUIRE MS WORD FILE Click the following links:

 

दरखास्त फारम साथ संलग्न गर्नुपर्ने कागजातहरूः
– रू. १०।– (दश) को हुलाक टिकट सहितको आवेदन फारम,
–
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
–
शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू (सक्कल बमोजिम नक्कल ठीक छ उल्लेख गर्ने वा नोटरी गरी पेश गर्नुपर्नेछ,
–
छात्रवृत्तिका लागि स्थानीय निकाय, शैक्षिक संस्था, वा अन्य कुनै निकायले सिफारिस गरेको भए सोको प्रतिलिपि,
–
महिला, मधेशी, अपाङ्ग, दलित, जनजाति तथा सहिद परिवार हकमा सम्बन्धित निकाय वा आयोगको सिफारिस पत्र/प्रमाण पत्र ।
–
स्नातकोत्तर, दर्शनाचार्य, वा विद्यावारिधि तहको हकमा स्वीकृत शोध प्रस्तावको प्रतिलिपि ।
–
साथै छात्रवृत्तिका लागि स्थानीय निकायको सिफारिस वा अन्य सहयोग गर्ने सिफारिस लगायतका कागजातहरू।

अन्य थप जानकारीको लागि चलचित्र विकास बोर्डको इमेल  nepalfilmscholarship@gmail.com वा ०१४८१२३३२ मा सम्पर्क गर्न सकिनेछ ।

Downloads:

 Scholarship Application form Masters MPhil PHD Course 2078 pdf

 Scholarship Application form Bachelor and Short-Term Course 2078 pdf

 Scholarship Application form Bachelor and Short-Term Course 2078 ms-WORD

 Scholarship Application form Masters MPhil PHD Course 2078 Ms-Word

 To download Preeti Font click here.

 scholarship notice 2078-4-32