badapatra


बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

2 months, 1 week ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

2 months, 2 weeks ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना

2 months, 2 weeks ago

प्रस्ताव आह्वान सम्बन्धी सूचना

2 months, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

2 months, 3 weeks ago

चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न

8 months ago | Published: June 1, 2025, 10:53 a.m. | Views: 6801

चलचित्र विकास बोर्डको सहकार्यमा चाँदनी फिल्म विराटनगरले आयोजना गरेको "नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा चलचित्र निर्माण सम्बन्धी ३ दिने कार्यशाला–२०८२" सम्पन्न भएको छ ।
कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा साहित्यकार तथा गजलकार मधु पोखरेलको अध्यक्षता रहेको थियो ।
कार्यशालामा साहित्य र चलचित्रबीचको सम्बन्ध, लेखन शैली, सामाजिक सरोकार र फिल्म निर्माणका विविध पक्षमा गहन छलफल तथा प्रशिक्षण भएको थियो ।
निर्देशक सन्तोष सरकार, गायक दिनेश राई र नृत्य निर्देशक कविता भुषाललाई सम्मान गरिएको कार्यक्रममा गीत–संगीत, नृत्य र सिर्जनात्मक वाचन समावेश थियो । चलचित्र विकास बोर्ड साहित्य, कला र चलचित्रबीचको समन्वयलाई प्रोत्साहन गर्दै यस्ता कार्यक्रमहरूमा सहकार्य गरिरहेको छ ।