badapatra


साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर २० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

1 month, 3 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ मंसिर १३ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, बक्सअफिस कलेक्सन

2 months ago

बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध सम्बन्धि सुचना ।

2 months ago

SAARC Film Festival मा सहभागिता सम्बन्धमा

None

चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न

8 months ago | Published: June 1, 2025, 10:53 a.m. | Views: 6803

चलचित्र विकास बोर्डको सहकार्यमा चाँदनी फिल्म विराटनगरले आयोजना गरेको "नेपाली चलचित्रमा साहित्य विषयक गोष्ठी तथा चलचित्र निर्माण सम्बन्धी ३ दिने कार्यशाला–२०८२" सम्पन्न भएको छ ।
कोशी प्रदेशका आन्तरिक तथा कानुन मन्त्री रेवती रमण भण्डारीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा साहित्यकार तथा गजलकार मधु पोखरेलको अध्यक्षता रहेको थियो ।
कार्यशालामा साहित्य र चलचित्रबीचको सम्बन्ध, लेखन शैली, सामाजिक सरोकार र फिल्म निर्माणका विविध पक्षमा गहन छलफल तथा प्रशिक्षण भएको थियो ।
निर्देशक सन्तोष सरकार, गायक दिनेश राई र नृत्य निर्देशक कविता भुषाललाई सम्मान गरिएको कार्यक्रममा गीत–संगीत, नृत्य र सिर्जनात्मक वाचन समावेश थियो । चलचित्र विकास बोर्ड साहित्य, कला र चलचित्रबीचको समन्वयलाई प्रोत्साहन गर्दै यस्ता कार्यक्रमहरूमा सहकार्य गरिरहेको छ ।