प्रस्ताव आव्हान सम्बन्धि सूचना (दोश्रो पटक )
8 months ago |
प्रस्ताव आव्हान सम्बन्धि सूचना
8 months, 3 weeks ago |
अभिनय कार्यशाला
9 months, 1 week ago |
अभिनय सम्बन्धी पाँच दिने कार्यशालामा सहभागिता सम्बन्धी सूचना
9 months, 3 weeks ago |
चलचित्रघरहरूको इजाजतपत्र, नवीकरण/अद्यावधिक गर्ने, गराउने सम्बन्धी सूचना
10 months, 3 weeks ago |
नेपाल सरकार
चलचित्र विकास बोर्ड
चाबहिल, काठमाडौं ।
चलचित्र मञ्चका लागि
लेख रचना माग गरिएको सम्बन्धी सूचना
प्रथम पटक
प्रकाशित मिति :-२०८१।०२।०८
यस बोर्डबाट वार्षिक रुपमा चलचित्र सम्वन्धी प्रकाशन हुने प्राज्ञिक¸ प्रर्वद्धनात्मक तथा अनुसन्धानमूलक सामाग्री चलचित्र मञ्च २०८१ प्रकाशन गर्न लागिएको हुँदा चलचित्रक्षेत्रको विकास¸ विस्तार र प्रवर्द्धनमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने किसिमको चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि¸ खोज तथा अनुसन्धानमूलक लेख¸ रचनाहरु यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।
शर्तहरुः–
१.लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति¸ कानुनी व्यवस्था¸ चलचित्र निर्माण प्रदर्शन तथा वितरण¸ बक्स अफिस व्यवस्था¸ चलचित्र विकास बोर्डको भूमिका¸ चलचित्र बजारको विद्यमान अवस्था¸ नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्ने विविध पक्षको सुधार¸ चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्नेछ ।
२.कम्तीमा एक हजार पाँच
सय शब्दको लेख रचना हुनुपर्नेछ ।
३.लेख रचनाको सफ्टकपी समेत बोर्डमा उपलब्ध गराउनुपर्नेछ। सफ्टकपी इमेल ठेगाना ccmsfdb079@gmail.com वा dinesh@film.gov.np मा समेत उपलब्ध गराउन सकिनेछ।
४.प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईनेछ ।
५.कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा समावेश गरिने छैन ।
६.बोर्डबाट छनौट भएका खोज तथा अनुसन्धानमूलक लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भएबमोजिमको
पारिश्रमिक उपलब्ध गराईनेछ ।
७.प्रकाशित नभएका लेखहरु सम्बन्धित लेखकलाई फिर्ता गरिनेछ र फिर्ता गरिएका लेख रचनाको पारिश्रमिक दिईने छैन ।
८.लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित रहनेछ ।
९.अन्य आवश्यक जानकारीका लागि बोर्डको कार्यालयको फोन नं ०१-४८२३९२८ र मोबाईल नं. ९८५१२६२७२७ मा सम्पर्क गर्न सकिनेछ ।