badapatra


चलचित्र मन्चका लागि लेख रचना माग गरिएकाे सम्बन्धी सूचना

2 years, 5 months ago | Published: May 21, 2024, 4:51 p.m. | Views: 22534

नेपाल सरकार

चलचित्र विकास बोर्ड

चाबहिल, काठमाडौं ।

चलचित्र मञ्चका लागि लेख रचना माग गरिएको सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति :-२०८१।०२।०८

यस बोर्डबाट वार्षिक रुपमा चलचित्र सम्वन्धी प्रकाशन हुने प्राज्ञिक¸ प्रर्वद्धनात्मक तथा अनुसन्धानमूलक सामाग्री  चलचित्र मञ्च  २०८१ प्रकाशन गर्न लागिएको हुँदा चलचित्रक्षेत्रको विकास¸ विस्तार र प्रवर्द्धनमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने किसिमको  चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि¸ खोज तथा अनुसन्धानमूलक लेख¸ रचनाहरु यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरुः–

१.लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति¸ कानुनी व्यवस्था¸ चलचित्र निर्माण प्रदर्शन तथा वितरण¸ बक्स अफिस व्यवस्था¸ चलचित्र विकास बोर्डको भूमिका¸ चलचित्र बजारको विद्यमान अवस्था¸ नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्ने विविध पक्षको सुधार¸ चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार र प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्नेछ ।

२.कम्तीमा एक हजार पाँच सय शब्दको लेख रचना हुनुपर्नेछ ।

३.लेख रचनाको सफ्टकपी समेत बोर्डमा उपलब्ध गराउनुपर्नेछ। सफ्टकपी इमेल ठेगाना ccmsfdb079@gmail.com वा dinesh@film.gov.np मा समेत उपलब्ध गराउन सकिनेछ।

४.प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईनेछ ।

५.कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा समावेश गरिने छैन ।

६.बोर्डबाट छनौट भएका खोज तथा अनुसन्धानमूलक लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भएबमोजिमको  पारिश्रमिक उपलब्ध गराईनेछ ।

७.प्रकाशित नभएका लेखहरु सम्बन्धित लेखकलाई फिर्ता गरिनेछ र फिर्ता गरिएका लेख रचनाको पारिश्रमिक दिईने छैन ।

८.लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित रहनेछ ।

९.अन्य आवश्यक जानकारीका लागि बोर्डको कार्यालयको फोन नं ०१-४८२३९२८ र मोबाईल नं. ९८५१२६२७२७ मा  सम्पर्क गर्न सकिनेछ ।