badapatra


साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख १२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 1 week ago

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सो को नियमावलीको नियम (३) बमोजिमको विवरण (२०८२ माघ १ देखि २०८२ चैत्र मसान्तसम्म)

1 month, 2 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ बैशाख ०५ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

1 month, 2 weeks ago

शोक विज्ञप्ति

1 month, 3 weeks ago

राष्ट्रिय चलचित्र पुरस्कारका लागि चलचित्र दर्ता सम्बन्धी सूचना

1 month, 3 weeks ago

चलचित्र मन्चका लागि लेख रचना माग गरिएकाे सम्बन्धी सूचना

2 years ago | Published: May 21, 2024, 4:51 p.m. | Views: 18969

नेपाल सरकार

चलचित्र विकास बोर्ड

चाबहिलकाठमाडौं ।

चलचित्र मञ्चका लागि लेख रचना माग गरिएको सम्बन्धी सूचना

प्रथम पटक प्रकाशित मिति :-२०८१०२०८

यस बोर्डबाट वार्षिक रुपमा चलचित्र सम्वन्धी प्रकाशन हुने प्राज्ञिक¸ प्रर्वद्धनात्मक तथा अनुसन्धानमूलक सामाग्री  चलचित्र मञ्च  २०८१ प्रकाशन गर्न लागिएको हुँदा चलचित्रक्षेत्रको विकास¸ विस्तार प्रवर्द्धनमा प्रत्यक्ष रुपमा सहयोग पुग्ने किसिमको  चलचित्र क्षेत्रसँग सम्बन्धित गतिविधि¸ खोज तथा अनुसन्धानमूलक लेख¸ रचनाहरु यो सूचना प्रकाशित भएको मितिले २१ दिन भित्र बोर्डमा उपलब्ध गराउनु हुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको

शर्तहरुः

१.लेख रचना चलचित्रक्षेत्रसँग सम्बन्धित नीति¸ कानुनी व्यवस्था¸ चलचित्र निर्माण प्रदर्शन तथा वितरण¸ बक्स अफिस व्यवस्था¸ चलचित्र विकास बोर्डको भूमिका¸ चलचित्र बजारको विद्यमान अवस्था¸ नेपाली चलचित्रक्षेत्रमा गर्नुपर्ने विविध पक्षको सुधार¸ चलचित्र जाँच सम्बन्धी विषय लगायतका चलचित्र क्षेत्रको विकास विस्तार  प्रवर्द्धनसँग प्रत्यक्ष सरोकार राख्ने किसिमको हुनुपर्नेछ

.कम्तीमा एक हजार पाँच सय शब्दको लेख रचना हुनुपर्नेछ

.लेख रचनाको सफ्टकपी समेत बोर्डमा उपलब्ध गराउनुपर्नेछ। सफ्टकपी इमेल ठेगाना ccmsfdb079@gmail.com वा dinesh@film.gov.np मा समेत उपलब्ध गराउन सकिनेछ।

.प्राज्ञिक अनुसन्धानमूलक लेख रचनालाई प्राथमिकता दिईनेछ

.कुनै पत्र पत्रिका अनलाईन लगायतका कुनै माध्याममा प्रकाशित भएको लेख रचनालाई मञ्चमा समावेश गरिने छैन

.बोर्डबाट छनौट भएका खोज तथा अनुसन्धानमूलक लेख रचनाको स्तर अनुसार लेखकलाई बोर्डबाट निर्णय भएबमोजिमको  पारिश्रमिक उपलब्ध गराईनेछ

.प्रकाशित नभएका लेखहरु सम्बन्धित लेखकलाई फिर्ता गरिनेछ फिर्ता गरिएका लेख रचनाको पारिश्रमिक दिईने छैन

.लेख रचनाहरु छनौट सम्बन्धि सर्वाधिकार बोर्डमा निहित रहनेछ

.अन्य आवश्यक जानकारीका लागि बोर्डको कार्यालयको फोन नं ०१-४८२३९२८  मोबाईल नं. ९८५१२६२७२७ मा  सम्पर्क गर्न सकिनेछ