| चलचित्रकर्मीलाई परिचयपत्र वितरण गर्ने बोर्डको निर्णय, आवेदन खुला
5 months ago |
| चलचित्र कथा–लेखन कार्यशालाको तेस्रो संस्करण सम्पन्न, ७५ मध्ये १० उत्कृष्टलाई उन्नत पटकथा तालिम
5 months, 1 week ago |
| चलचित्र विकास बोर्डद्वारा ‘स्पट सिंक साउन्ड’ प्रशिक्षण सम्पन्न, २२ प्रशिक्षार्थी सहभागी
5 months, 2 weeks ago |
| दक्षता अभिवृध्दी वर्षको अवसरमा चलचित्र विकास वोर्डमा SPOT SYNC SOUND TRAINING शुरु
5 months, 2 weeks ago |
| नेपाली चलचित्र सङ्ग्रहालयको औपचारिक शुरूवात, ऐतिहासिक क्यामेरा–पोष्टर हस्तान्तरण
5 months, 2 weeks ago |
काठमाडौं । कला क्षेत्रमा कियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि फागुन ४ गतेसम्म संचालन गरेको ५ दिने नि:शुल्क अभिनय कार्यशाला सम्पन्न भएको छ ।






कार्यशालामा धनुषा, खोटाङ, बझाङ, दाङ, डडेल्धुरा, कपिलवस्तु, चितवन, ओखलढुंगा, दैलेख र ललितपुर जिल्लाबाट ३४ जना सहभागी भएका थिए । सहभागीहरुलाई मुख्य प्रशिक्षक भोलाराज सापकोटा र सह प्रशिक्षक इन्द्र प्रसाद आचार्यले अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको अन्तरसम्बन्ध, अभिनेताको तयारी, छायांकनको तयारी एवं अभिनय सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीपबारे प्रशिक्षण दिनु भएको थियो ।

कार्यशालाको संयोजन बोर्ड सदस्य राजु केसी र सहसंयोजन बोर्डको सचिवालय शाखा अधिकृत निर्मला चौलागाईंले गर्नु भएको थियो ।
