badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 week, 3 days ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

3 weeks, 4 days ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

3 weeks, 5 days ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

3 weeks, 6 days ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

4 weeks ago

अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सम्पन्न

2 years, 6 months ago| Published: Feb. 16, 2024, 7:11 p.m. | Views: 20356

काठमाडौं । कला क्षेत्रमा कियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि फागुन ४ गतेसम्म संचालन गरेको ५ दिने नि:शुल्क अभिनय कार्यशाला  सम्पन्न भएको छ ।

 


  कार्यशालामा धनुषा, खोटाङ, बझाङ, दाङ, डडेल्धुरा, कपिलवस्तु, चितवन, ओखलढुंगा, दैलेख र ललितपुर जिल्लाबाट ३४ जना सहभागी भएका थिए । सहभागीहरुलाई मुख्य प्रशिक्षक भोलाराज सापकोटा र सह प्रशिक्षक इन्द्र प्रसाद आचार्यले अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको अन्तरसम्बन्ध, अभिनेताको तयारी, छायांकनको तयारी एवं अभिनय सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीपबारे प्रशिक्षण  दिनु भएको थियो ।

  

   कार्यशालाको संयोजन बोर्ड सदस्य राजु केसी र सहसंयोजन बोर्डको सचिवालय शाखा अधिकृत निर्मला चौलागाईंले गर्नु भएको थियो ।