चलचित्र विकास बोर्डको आयोजनामा ‘घुम्ती चलचित्र प्रदर्शनी’ अन्तर्गत सुपरहिट फिल्म 'अन्जिला' को प्रदर्शन
3 days, 18 hours ago |
चलचित्र विकास बोर्डको सहकार्यमा चलचित्र पत्रकारिता दिवस सम्पन्न
6 days, 18 hours ago |
चलचित्र विकास बोर्डको आयोजनामा ‘बाल चलचित्र महोत्सव, इलाम’ सम्पन्न
6 days, 19 hours ago |
चलचित्र निर्माण प्रशिक्षण कार्यशाला अन्तर्गत 'हजार सपनाहरू' लघु चलचित्रको छायांकन सुरु
1 week, 2 days ago |
चलचित्र विकास बोर्डको आयोजनामा जारी बाल चलचित्र महोत्सव
1 week, 3 days ago |
काठमाडौं । कला क्षेत्रमा कियाशील कलाकारहरुको सीप एवं क्षमता अभिवृद्धिका लागि चलचित्र विकास बोर्डले माघ २९ देखि फागुन ४ गतेसम्म संचालन गरेको ५ दिने नि:शुल्क अभिनय कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा धनुषा, खोटाङ, बझाङ, दाङ, डडेल्धुरा, कपिलवस्तु, चितवन, ओखलढुंगा, दैलेख र ललितपुर जिल्लाबाट ३४ जना सहभागी भएका थिए । सहभागीहरुलाई मुख्य प्रशिक्षक भोलाराज सापकोटा र सह प्रशिक्षक इन्द्र प्रसाद आचार्यले अभिनय अभ्यास, नवरस, द्वन्द्व र चरित्रको अन्तरसम्बन्ध, अभिनेताको तयारी, छायांकनको तयारी एवं अभिनय सम्बन्धी सैद्धान्तिक एवं प्रयोगात्मक ज्ञान सीपबारे प्रशिक्षण दिनु भएको थियो ।
कार्यशालाको संयोजन बोर्ड सदस्य राजु केसी र सहसंयोजन बोर्डको सचिवालय शाखा अधिकृत निर्मला चौलागाईंले गर्नु भएको थियो ।