badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

7 months, 4 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

8 months, 1 week ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

8 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

8 months, 1 week ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

8 months, 1 week ago

चलचित्र घरलाई ईजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध

2 years, 9 months ago| Published: Dec. 28, 2023, 1:03 p.m. | Views: 11274

चलचित्र विकास बोर्डले चलचित्र घरहरूले ईजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।


सूचनामा भनिएको छ, "नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली,२०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।"


बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र घर/चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेस गर्न अनुरोध गरेको छ । सो अवधिभित्र कागज प्रमाण पेस नगर्ने चलचित्र घरहरूको सन्दर्भमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।