किर्तिपुरमा सिनेप्लेक्स हल–२ उद्घाटन, चलचित्र विकास बोर्डद्वारा विशेष प्याकेज घोषणा
1 month, 1 week ago |
चलचित्रकर्मीहरुको स्वास्थ्य बीमा कार्यक्रम २०८२
1 month, 1 week ago |
चलचित्र विकास बोर्डद्वारा २५ जनालाई ड्रोन दक्षता प्रमाणपत्र र २२ विद्यार्थीलाई छात्रवृत्ति वितरण
2 months, 2 weeks ago |
चलचित्र विकास बोर्डद्वारा आर्थिक सहायता हस्तान्तरण
2 months, 3 weeks ago |
चलचित्र विकास बोर्डद्वारा ९३ प्रतिशत बेरुजु फर्छ्योट, सुशासन र पारदर्शिता प्राथमिकतामा
3 months ago |
चलचित्र विकास बोर्डले चलचित्र घरहरूले ईजाजतपत्र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध गरेको छ । बिहीबार सार्वजनिक सूचना जारी गर्दै बोर्डले नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरेर मात्र सञ्चालन गर्न सूचित गरेको हो ।
सूचनामा भनिएको छ, "नेपालभर सञ्चालनमा रहेका चलचित्र घरहरूले चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) ऐन, २०२६ र चलचित्र (निर्माण, प्रदर्शन तथा वितरण) नियमावली,२०५७ बमोजिम चलचित्र विकास बोर्डबाट लिनुपर्ने ईजाजतपत्र लिई तथा तोकिएको समयभित्र गर्नुपर्ने नवीकरण गरी गराई अद्यावधिक रहेर मात्र चलचित्र घर सञ्चालन गर्नु गराउनुहुन सम्बन्धित सबैलाई यसै सूचनाद्वारा सूचित गरिन्छ ।"
बोर्डले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्रमा चलचित्र घर/चलचित्र प्रदर्शन ईजाजतपत्र अद्यावधिक रहेको कागजात बोर्ड समक्ष पेस गर्न अनुरोध गरेको छ । सो अवधिभित्र कागज प्रमाण पेस नगर्ने चलचित्र घरहरूको सन्दर्भमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ ।