अभिनय सम्बन्धी पाँच दिने कार्यशाला सम्पन्न
1 year, 2 months ago |
सुदूर पश्चिममा घुम्ती सिनेमा अभियान सम्पन्न
1 year, 2 months ago |
प्रस्तावित चलचित्र ऐनको विषयमा सरोकारवालाहरूसँग बोर्डको छलफल
1 year, 2 months ago |
चलचित्र घरलाई ईजाजतपत्र लिएर र नवीकरण गरेर मात्र सञ्चालन गर्न अनुरोध
1 year, 3 months ago |
बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने चलचित्र घरलाई कारबाही सिफारिस
1 year, 4 months ago |
बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएका चलचित्र घरहरूलाई चलचित्र विकास बोर्डद्वारा कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।
प्राप्त सूचनाको आधारमा चलचित्र विकास बोर्डबाट खटिएका अनुगमन टोली तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको थियो । हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।
सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।
हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गर्दछ । कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही हुन्छ ।