चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न
3 months, 2 weeks ago |
चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग
6 months ago |
चलचित्र विकास बोर्डबाट छात्रवृत्ति वितरण २०८१
6 months ago |
महिला चलचित्र महोत्सव २०८१ कार्यक्रम सम्पन्न
5 months ago |
बाढीपीडित चलचित्रकर्मीहरूलाई पहिलोपटक कल्याणकारी कोषबाट राहत वितरण ।
4 months, 2 weeks ago |
बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएका चलचित्र घरहरूलाई चलचित्र विकास बोर्डद्वारा कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।
प्राप्त सूचनाको आधारमा चलचित्र विकास बोर्डबाट खटिएका अनुगमन टोली तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको थियो । हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।
सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।
हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गर्दछ । कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही हुन्छ ।