badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 month ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

1 month, 2 weeks ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

1 month, 2 weeks ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

1 month, 2 weeks ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 month, 2 weeks ago

बालबालिकालाई ‘एनिमल’ चलचित्र देखाउने चलचित्र घरलाई कारबाही सिफारिस

2 years, 9 months ago| Published: Dec. 6, 2023, 2:48 p.m. | Views: 10660

बालबालिकालाई चलचित्र ‘एनिमल’ देखाएका चलचित्र घरहरूलाई चलचित्र विकास बोर्डद्वारा कारबाहीको लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ ।

प्राप्त सूचनाको आधारमा चलचित्र विकास बोर्डबाट खटिएका अनुगमन टोली तथ्य चेकजाँचको लागि पुग्दा बालबालिकालाई टिकट बिक्री गरी देखाइरहेको भेटिएको थियो । हल व्यवस्थापनलाई ती बालबालिकाहरूको टिकट तत्काल फिर्ता गर्न लगाइएको थियो ।

सो चलचित्रले केन्द्रीय चलचित्र जाँच पास समितिबाट १६ वर्ष माथिका उमेर समूहले मात्र हेर्न मिल्ने ‘ए’ प्रमाणपत्र प्राप्त गरेको छ । यसको आधारमा बालबालिकालाई सो चलचित्र देखाउनु गैर कानुनी ठहर्छ ।

हाम्रो समाजप्रति उत्तरदायी हुँदै बालबालिकालाई ‘एडल्ट’ चलचित्रको टिकट बिक्री नगर्न बोर्डले अनुरोध गर्दछ । कानुन विपरीत बालबालिकालाई एडल्ट चलचित्रको टिकट बिक्री गर्ने हललाई आवश्यक कारबाही हुन्छ ।