badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

1 year, 1 month ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

1 year, 1 month ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

1 year, 2 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न

1 year, 2 months ago

चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग

1 year, 4 months ago

पोखरामा सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न

1 month, 2 weeks ago| Published: May 7, 2026, 11:29 a.m. | Views: 2369

पोखरा। गुरुङ फिल्म एशोसिएसन नेपाल (जिफान) को आयोजनामा तथा नेपाल सरकार, चलचित्र विकास बोर्डको सहकार्यमा पोखरामा सञ्चालित सात दिने अभिनय प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ।

बैशाख १६ गतेदेखि सुरु भएको कार्यशाला बैशाख २२ गतेसम्म पोखराको नदिपुर–३ स्थित हंशध्वनि थिएटरमा सञ्चालन भएको हो। कार्यशालामा वरिष्ठ रंगकर्मी तथा अभिनय प्रशिक्षक अनुप बरालले प्रशिक्षण दिनुभएको थियो।

कार्यशालामा गुरुङ चलचित्र क्षेत्रका कलाकार, नयाँ पुस्ताका प्रशिक्षार्थी तथा चलचित्रकर्मीहरूको सहभागिता रहेको थियो। अभिनय कला, संवाद अभिव्यक्ति, पात्र निर्माण, रंगमञ्चीय अनुशासन, प्रस्तुति शैली र क्यामेराअगाडि कलाकारले अपनाउनुपर्ने सीपहरूबारे व्यावहारिक प्रशिक्षण दिइएको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा प्रमुख अतिथिका रूपमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहित वरिष्ठ कलाकार माओत्से गुरुंग, जिफानका  सल्लाहकार कृष्ण कुमार गुरुंग , चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष सन्तोष वस्याल उपस्थित हुनुभएको थियो। अध्यक्ष डिसीले स्थानीय भाषा, संस्कृति र समुदायमा आधारित चलचित्रको विकासका लागि दक्ष जनशक्ति उत्पादन अपरिहार्य रहेको बताउनुभयो। गुरुङ चलचित्रले नेपाली चलचित्र क्षेत्रमा मौलिकता, पहिचान र सांस्कृतिक विविधताको महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उहाँले यस्ता प्रशिक्षण कार्यक्रमले कलाकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

गुरुङ फिल्म एशोसिएसन नेपालका अध्यक्ष राज बहादुर गुरुङ ‘राजेश’ले कार्यशाला सफलतापूर्वक सम्पन्न हुनु गुरुङ चलचित्र क्षेत्रका लागि उत्साहजनक उपलब्धि भएको बताउनुभयो। उहाँले आगामी दिनमा पनि जिफानले चलचित्रकर्मीहरूको सीप विकास, प्रशिक्षण र संस्थागत सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो।

समापन समारोहका अवसरमा सहभागी प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।

निकट भविष्यमा नदीपुर पोखरामा उदघाटन हुन लागेको हसंध्वनी ; एक्टर्स स्टुडियो को विशेष सहयोगको सनैले प्रसंशा गरेका थिए। 

कार्यशालाले गुरुङ चलचित्र क्षेत्रका कलाकारहरूमा अभिनयप्रतिको आत्मविश्वास, व्यावसायिक दृष्टिकोण र सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बताएका छन्। 

जिफानका वरिष्ठ उपाध्यक्ष एवं कार्यक्रम संयोजक अर्जुन गुरुङले स्वागत मन्तव्य राखेको उक्त समापन कार्यक्रमको सञ्चालन महासचिव लब्सन गुरुङले गरेका थिए।