badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

1 year, 3 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

1 year, 3 months ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

1 year, 3 months ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

1 year, 3 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न

1 year, 3 months ago

काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबीच फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्ने सम्झौता

3 months ago| Published: April 29, 2026, 10:56 a.m. | Views: 3295

काठमाडौं । काठमाडौंलाई चलचित्रमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबीच फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्ने सम्झौता भएको छ।


महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत युवाहरूलाई सीपमूलक तथा रोजगारमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित उक्त सम्झौता गरिएको हो। सम्झौताअनुसार ४० जना युवालाई एक महिनासम्म फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम प्रदान गरिनेछ।


काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल ‘डि.सी.’ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। तालिम चलचित्र विकास बोर्डको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ अन्तर्गत सञ्चालन हुनेछ।


बोर्डले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि सूचना समेत प्रकाशित गरेको छ। इच्छुक सहभागीहरूले बोर्डबाट उपलब्ध गराइएको आवेदन फारम भरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बोर्डको कार्यालय वा इमेलमार्फत आवेदन पेश गर्न सक्नेछन्। पहिलो दर्ता हुने निवेदनहरूलाई प्राथमिकता दिँदै नियमअनुसार छनोट गरिने बोर्डले जनाएको छ।


बोर्डका अनुसार, यस तालिमले युवाहरूमा व्यावसायिक फोटोग्राफी, भिडियो पत्रकारिता तथा दृश्य–श्रव्य सामग्री निर्माणसम्बन्धी आधारभूत तथा व्यवहारिक सीप विकास गर्नेछ। साथै, चलचित्र, सञ्चार र सिर्जनात्मक उद्योगसँग जोडिएका नयाँ अवसरहरूमा युवाहरूको पहुँच बढाउने अपेक्षा गरिएको छ।


चलचित्र विकास बोर्डले तालिमले काठमाडौंमा चलचित्र, मिडिया र सिर्जनात्मक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।