| चलचित्र विकास बोर्डको सहकार्यमा चलचित्र पत्रकारिता दिवस सम्पन्न
11 months, 1 week ago |
| चलचित्र विकास बोर्डको आयोजनामा ‘बाल चलचित्र महोत्सव, इलाम’ सम्पन्न
11 months, 1 week ago |
| चलचित्र निर्माण प्रशिक्षण कार्यशाला अन्तर्गत 'हजार सपनाहरू' लघु चलचित्रको छायांकन सुरु
11 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डको आयोजनामा जारी बाल चलचित्र महोत्सव
11 months, 2 weeks ago |
| बाल चलचित्र निर्माण प्रशिक्षण कार्यशाला सुरु
11 months, 2 weeks ago |
काठमाडौं । काठमाडौंलाई चलचित्रमैत्री सहरका रूपमा विकास गर्ने उद्देश्यसहित काठमाडौं महानगरपालिका र चलचित्र विकास बोर्डबीच फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम सञ्चालन गर्ने सम्झौता भएको छ।
महानगरपालिकाको ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजना अन्तर्गत युवाहरूलाई सीपमूलक तथा रोजगारमूलक तालिम प्रदान गर्ने लक्ष्यसहित उक्त सम्झौता गरिएको हो। सम्झौताअनुसार ४० जना युवालाई एक महिनासम्म फोटोग्राफी तथा भिडियो पत्रकारितासम्बन्धी तालिम प्रदान गरिनेछ।
काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल ‘डि.सी.’ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। तालिम चलचित्र विकास बोर्डको चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ अन्तर्गत सञ्चालन हुनेछ।
बोर्डले तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूका लागि सूचना समेत प्रकाशित गरेको छ। इच्छुक सहभागीहरूले बोर्डबाट उपलब्ध गराइएको आवेदन फारम भरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र बोर्डको कार्यालय वा इमेलमार्फत आवेदन पेश गर्न सक्नेछन्। पहिलो दर्ता हुने निवेदनहरूलाई प्राथमिकता दिँदै नियमअनुसार छनोट गरिने बोर्डले जनाएको छ।
बोर्डका अनुसार, यस तालिमले युवाहरूमा व्यावसायिक फोटोग्राफी, भिडियो पत्रकारिता तथा दृश्य–श्रव्य सामग्री निर्माणसम्बन्धी आधारभूत तथा व्यवहारिक सीप विकास गर्नेछ। साथै, चलचित्र, सञ्चार र सिर्जनात्मक उद्योगसँग जोडिएका नयाँ अवसरहरूमा युवाहरूको पहुँच बढाउने अपेक्षा गरिएको छ।
चलचित्र विकास बोर्डले तालिमले काठमाडौंमा चलचित्र, मिडिया र सिर्जनात्मक क्षेत्रका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ।



