badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

1 year ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

1 year ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

1 year ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

1 year ago

चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न

1 year ago

चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सम्पन्न, २७ सिनेमा हल सहभागी

3 months, 3 weeks ago| Published: Jan. 13, 2026, 4:02 p.m. | Views: 3518

काठमाडौँ ।

चलचित्र विकास बोर्डद्वारा काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका चलचित्र घरहरूका लागि आयोजना गरिएको चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

आज मिति २०८२ साल पौष २८ र २९ गते सञ्चालन गरिएको उक्त दुईदिने तालिममा पहिलो दिन काठमाडौँ उपत्यकाभित्रका १३ वटा चलचित्र घरका १८ जना तथा दोस्रो दिन १४ वटा सिनेमा हलका २० जना प्रतिनिधिहरूको सहभागिता रहेको थियो। यसरी कुल २७ सिनेमा हलका ३८ जना प्रतिनिधि तालिममा सहभागी भएका थिए।

तालिममा चलचित्र विकास शुल्कसम्बन्धी विद्यमान कानुनी व्यवस्था, यसको कार्यान्वयन अवस्था, डिजिटल पोर्टलको आवश्यकता र औचित्य, साथै शुल्क व्यवस्थापनमा पोर्टलको प्रभावकारिताबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, सहभागीहरूलाई पोर्टलको सैद्धान्तिक अवधारणासँगै व्यवहारिक प्रयोगसम्बन्धी प्रशिक्षणसमेत दिइएको थियो।

कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र विकास शुल्क पोर्टलले शुल्क संकलन र व्यवस्थापन प्रक्रियालाई थप पारदर्शी, सहज र उत्तरदायी बनाउने विश्वास व्यक्त गरे। उनले भने

“डिजिटल प्रणालीमार्फत शुल्क व्यवस्थापनलाई व्यवस्थित बनाउँदै चलचित्र उद्योगलाई आधुनिक प्रविधिसँग जोड्नु बोर्डको प्राथमिक लक्ष्य हो। यस पोर्टलले दीर्घकालीन रूपमा उद्योगको संस्थागत विकासमा महत्वपूर्ण भूमिका खेल्नेछ।”

यसअघि बोर्डले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेश तथा बागमती प्रदेशअन्तर्गत चितवन जिल्लाका चलचित्र घरहरूका लागि पनि यस्तै तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको  छ भने  माघ २ गतेदेखि माघ ७ गतेसम्म गण्डकी प्रदेशका चलचित्र घरहरूलाई चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम प्रदान गर्ने कार्यतालिका तय गरिएको छ।

चलचित्र विकास बोर्डले यस्ता तालिम कार्यक्रममार्फत चलचित्र उद्योगलाई डिजिटल प्रणालीसँग आबद्ध गर्दै शुल्क व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।