badapatra


भोटेकोशी बाढीपीडितका लागि बोर्डको च्यारिटी शोदेखि प्रभावितको विवरण संकलनसम्मका ५ बुँदे निर्णय

1 month ago

सात दिन, दस चलचित्र : ‘ओल्ड इज गोल्ड’ ले देखायो — पुरानो नेपाली सिनेमाका दर्शक अझै छन्

1 month, 2 weeks ago

आफ्नै चलचित्र हेर्न हलमै पुगे सर्जक–कलाकार, ‘ओल्ड इज गोल्ड’मा आज पनि हाउसफुल — भोलि अन्तिम दिन ‘बदलिँदो आकाश’ र ‘जीवनरेखा’सँगै सातदिने शृंखला भोली समापन हुँदै, शिव श्रेष्ठसहित विशिष्ट कलाकार सहभागी हुने;

1 month, 2 weeks ago

पर्दामा नेपालको पहिलो रंगीन चलचित्र ‘कुमारी’, दर्शकदीर्घामा इतिहास रच्ने चैत्यदेवी–गौतम रत्न; शो हाउसफुल

1 month, 2 weeks ago

‘के घर के डेरा’ र ‘मनको बाँध’का दुवै शो हाउसफुल, आफ्नै चलचित्रसँग फेरि भेटिए पुराना कलाकार बसुन्धरा भुसाल, पुरण जोशी, शर्मिला मल्ल र सुष्मा शाहीको विशेष उपस्थिति, भुवन चन्द र कृष्ण मल्लले गरे स्वागत; सोमबार ‘कुमारी’ प्रदर्शन हुँदै

1 month, 2 weeks ago

चलचित्र कल्याणकारी कोषमा नेपाल चलचित्र संघ र नेफ्टाबाट सहयोग

1 year, 2 months ago| Published: July 13, 2025, 11:08 a.m. | Views: 13124

नेपाल चलचित्र संघबाट रू १,११,०००/- र नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा)बाट रू २५,०००/- गरी जम्मा रू १,३६,०००/- चलचित्र कल्याणकारी कोषमा सहयोग स्वरूप प्रदान गरिएको छ।
उक्त सहयोग रकम चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, नेपाल चलचित्र कलाकार संघ अध्यक्ष मोहन निरौला, नेपाल चलचित्र निर्देशक समाज अध्यक्ष जनकदिप पराजुली, चलचित्र विकास बोर्ड सदस्य-सचिव राजेश कुमार थापा लगायतको उपस्थितिमा, चलचित्र संघको तर्फबाट श्री नरेन्द्र महर्जन, गोपाल कायस्थ, सुरेन्द्र थापा, प्रज्वल एस.जे.बी. राणा, दिप्राश शाक्य, हूतराज शर्मा आदि प्रतिनिधिहरूले कोषकी संयोजक श्रीमती बसुन्धरा भुसालज्यूलाई हस्तान्तरण गर्नुभएको हो।
त्यसैगरी, प्रविधिक संघ (नेफ्टा) को तर्फबाट पुष्कर लामा, नारायण प्रधान लगायतले उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो ।
यस सहयोगमार्फत चलचित्रकर्मीहरूको सामाजिक सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले स्थापित कल्याणकारी कोष थप सुदृढ हुने विश्वास लिइएको छ।
सहयोग एवं समर्थन प्रदान गर्नु हुने सबै पक्षप्रति चलचित्र विकास बोर्ड हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछ ।