badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा ७औँ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सव सुरु

4 months, 3 weeks ago

चलचित्र विकास बोर्डद्वारा आयोजना गरिएको पाँचदिने ‘सिनेमा साक्षरता (साक्षात्कार) कार्यक्रम’ तनहुँ जिल्लामा सम्पन्न

5 months ago

गण्डकी प्रदेशका चलचित्र घरका लागि ‘चलचित्र विकास शुल्क पोर्टल’ सम्बन्धी तालिम सम्पन्न

5 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा १४औँ नेपाल–अफ्रिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिवल (NAIFF) २०२६ सम्पन्न

5 months ago

चलचित्र विकास बोर्डको सहकार्यमा Unmanned (Drone) Aircraft Association of Nepal (UDAAN) द्वारा आयोजना गरिएको नेपालको पहिलो Drone Seminar & Panel Discussion सम्पन्न

5 months ago

३D एनिमेटेड लोगो निर्माण र आधिकारिक गान (गीत तथा धुन) निर्माण सम्बन्धित सुचना

7 months ago| Published: Nov. 24, 2025, 12:34 p.m. | Views: 7678

 नेपाल सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

चलचित्र विकास बोर्ड

चावहिल, काठमाडौं


 सूचना

नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डले संस्थागत पहिचानलाई आधुनिक, प्रविधिमैत्री तथा राष्ट्रिय गरिमासँग अनुरूप बनाउने उद्देश्यले देहाय बमोजिम कार्यका लागि इच्छुक व्यक्ति, संस्था तथा कम्पनीहरूबाट प्रस्ताव आह्वान गर्दछ।

१. ३D एनिमेटेड लोगो निर्माण

नेपाल सरकारको हाल प्रचलनमा रहेको आधिकारिक लोगो/राष्ट्रिय प्रतीकको गरिमा, संरचना तथा प्रोटोकललाई अक्षुण्ण राख्दै चलचित्र विकास बोर्डको लोगोको ३D एनिमेटेड संस्करण तयार गर्नुपर्नेछ।

  • एनिमेसन 5–10 सेकेन्ड अवधिको, High Resolution (Full HD/4K) मा तयार गरिएको हुनुपर्नेछ।
  • Transparent Background Version तथा Sound Design सहितको Broadcast Standard फर्म्याटमा उपलब्ध गराउनुपर्नेछ।
  • प्रचलित कानुन तथा सरकारी लोगो प्रयोगसम्बन्धी मापदण्ड पूर्ण रूपमा पालना गर्नुपर्नेछ।
  • आवश्यक कागजात (संस्था/कम्पनीका लागि):
  • दर्ता प्रमाणपत्र
  • PAN/VAT प्रमाणपत्र
  • कर चुक्ता प्रमाणपत्र
  • 3D Animation/Brand Identity सम्बन्धी Portfolio
  • Concept Note (अवधारणा, शैली, प्रविधि, समयसीमा सहित)
  • लागत प्रस्ताव (Financial Proposal)

२. चलचित्र विकास बोर्डको आधिकारिक गान (Theme Song) लेखन तथा धुन निर्माण

  • चलचित्र उद्योगको विकास, राष्ट्रियता, कला–संस्कृति, सृजनशीलता र चलचित्र विकास बोर्डको भूमिका झल्किने मौलिक गीत रचना गर्नुपर्नेछ।
  • गीतको शब्द र धुन पूर्णतः मौलिक हुनुपर्नेछ।
  • गीत अधिकतम 3–4 मिनेट अवधिको हुनुपर्नेछ।
  • Demo Audio (Music Track सहित) पेश गर्नुपर्नेछ।
  • आवश्यक कागजात (व्यक्तिका लागि):
  • नागरिकता प्रतिलिपि
  • संक्षिप्त व्यक्तिगत विवरण (Bio-Data)
  • रचना तथा Demo Audio File
  • मौलिकताको स्वघोषणा पत्र

३. प्रस्ताव पेश गर्ने समयसीमा

यो सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र कार्यालय समयभित्र प्रस्ताव पेश गर्नुपर्नेछ।

४. छनोट प्रक्रिया

प्राप्त प्रस्तावहरूलाई बोर्डद्वारा गठित लोगो तथा गान निर्माण समिति ले प्राविधिक, सृजनात्मक तथा आर्थिक मूल्याङ्कनका आधारमा छनोट गर्नेछ। समितिको निर्णय अन्तिम हुनेछ।

५. प्रस्ताव पेश गर्ने स्थान

चलचित्र विकास बोर्ड

चावहिल, काठमाडौं

Cell: 9764435679

Email: info@film.gov.np

राष्ट्रिय पहिचान, प्रविधि र सृजनात्मक क्षमताको समुचित अभिव्यक्तिका लागि योग्य स्रष्टा तथा संस्था/कम्पनीहरूको सक्रिय सहभागिताको अपेक्षा गर्दछौं।


— चलचित्र विकास बोर्ड