badapatra


चलचित्र विकास बोर्डको सहकार्यमा गुरूङ फिल्म एशोसिएसन नेपाल (जिफान)को आयोजनामा "लाईट्स-क्यामेरा कार्यशाला २०८२" हुदै

1 year ago

चलचित्र विकास बोर्डको सहकार्यमा शान्ता नेपाली प्रोडक्सनद्वारा आयोजित "Women Make Films" कार्यशाला सुरू

1 year ago

चलचित्र विकास बोर्डको सहयोग/ सहकार्यमा नेपाल चलचित्र संघको ५०औं साधारणसभा तथा सम्मान समारोह सम्पन्न

1 year ago

Animation र VFX उद्योगको उत्प्रेरणाको लागि चलचित्र विकास बोर्डको सहकार्य तथा Animation and VFX Artist Association Nepal को आयोजनामा प्रेरणादायी Mentorship Session सम्पन्न

1 year ago

चलचित्र विकास बोर्डको सहकार्यमा सेलिब्रेटी नेपाल प्रतिष्ठानद्वारा आयोजित चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव २०८२ कार्यक्रम सम्पन्न

1 year ago

चलचित्र विकास शुल्क पोर्टलको अभिमुखीकरण तथा तालिम सुरु

5 months, 2 weeks ago| Published: Nov. 18, 2025, 8:07 p.m. | Views: 5739

चलचित्रघरहरूबाट विदेशी चलचित्र प्रदर्शन बापत उठ्ने चलचित्र विकास शुल्क बोर्डको प्रमुख आयश्रोत रुपमा रहेको छ । यस महत्वपूर्ण राजस्वलाई व्यवस्थित, पारदर्शी र अभिलेखिकरण गर्न चलचित्र विकास बोर्डले तयार पारेको चलचित्र विकास शुल्क पोर्टल सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम मिति २०८२/८/१ गतेबाट सुरु गरिएको छ।
बोर्डका सदस्य गणेश प्रसाद सुवेदी, अधिकृतहरु दिनेश बानिया, प्रविन पाण्डे तथा एस्टर इनोभेसन प्रा.लि. को प्राविधिक टोलीसहित पहिलो चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा चितवन जिल्लामा तालिम सञ्चालन गर्ने योजना रहेको छ।
लुम्बिनी प्रदेश–दाङमा पहिलो तालिम सम्पन्न
मिति २०८२/८/२ गते, लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लामा रहेका चलचित्रघरहरूलाई पोर्टलको प्रयोग, शुल्क अभिलेखन, प्रतिवेदन व्यवस्थापन तथा प्रणालीगत पारदर्शिता सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको छ।
- यस अभिमुखीकरणले चलचित्रघरहरूलाई अनलाइन प्रणालीमा दर्ता, शुल्क व्यवस्थापन र प्रतिवेदन प्रक्रियामा अझ दक्ष बनाउने विश्वास लिइएको छ।
- यसले राजस्व पारदर्शिता र चलचित्र क्षेत्रको सुशासनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा छ।
चलचित्र विकास बोर्ड चलचित्र क्षेत्रको दिगो विकास, पारदर्शिता र प्रविधिमैत्री व्यवस्थापनका लागि निरन्तर प्रतिबद्ध छ।