/ Baraha Kshetra


PLACES NEARBY: | Chatara | Dharan | Bishnupaduka |

  LANDSCAPES


  FACILITIES


  HOW TO REACH

Car/Jeep        8 h 30 minutes (550 kms via Mugling)

Bus               13 hours (550 kms to Dharan)
     45 minutes (24 kms to
Baraha Kshetra by local transport)

Airplane        35 minutes (to Biratnagar)

Bus               1 hour (40 kms to Dharan)
                      45 minutes (24 kms to
Baraha Kshetra by local transport)


The four main Dhams of Hindu religion in Nepal are Pashupat, Ruru, Mukti and Baraha Kshetra. It is located in Sunsari district. Baraha Temple is situated on the banks of the Koka and Koshi rivers. Baraha is the third incarnation of Lord Vishnu. There is a story of him living in the confluence of the Koka and the Koshi River as Baraha incarnate and destroying all evil.

Every year in the month of August, a huge fair is organised in Pindeshwor Temple located on the hill of Vijaypur. Pilgrims first bestow the water of Koka and Koshi rivers in Baraha Kshetra and then reach Pindeshwor.

Integrated tours of Pindeshwor, Baraha Kshetra and Chataradham can be made. Balasanta Mohan Sharan Devacharya, the first Jagadguru of Nepal, has identified Chatara as ancient Haridwar, the dwelling of Hari or lord Vishnu on the way to Baraha Kshetra.

It is mentioned in the scriptures that Lord Vishnu organised a fair on the Kaushiki coast. In remembrance, Jagatguru Devacharya held a Kumbh Mela in 2002 in the month of May which ran for more than a month.

The second Kumbh Mela was held in March 31, 2014 which also lasted over a month. The places of attraction include Oliya Math (Dewal), Radha Sarveshwar Temple, Shiva Temple, Havan Kund among others. Baraha Kshetra is inhabited by a mixed-race community.

The best time visit Baraha Kshetra is from mid-October to mid-February.

How to reach

      By road: Kathmandu - Dharan 550 km. Bus departs from Koteshwar and Gongabu in Kathmandu. It’s a 13 hour bus journey.

      By air: Kathmandu - Biratnagar 35 minutes flight. Biratnagar - Dharan 40 km. Dharan - Baraha 24 km. Vehicles operate from Dharan to Chatara to Baraha Kshetra.


बराहक्षेत्र

नेपालभित्र हिन्दू धर्मावलम्बीका प्रमुख चार धाम हुन् पाशुपतक्षेत्र, रुरुक्षेत्र, मुक्तिक्षेत्र र बराहक्षेत्र । सुनसरी जिल्लामा पर्छ बराहक्षेत्र । कोका र कोसी नदी किनारमा बराहको मन्दिर छ । बराह भगवान् विष्णुको तेस्रो अवतार हुन् । उनले बराह अवतार लिई दैंत्यको संहार गरेर कोकाहा र कौशिकी नदी सङ्गममा बसेको कथा छ ।

पितृ उद्धारका लागि कोकाहा र कोसी नदीको सङ्गममा नुहाएर श्राद्ध गरिन्छ । हरेक वर्ष साउन महिनामा धरानमाथि विजयपुर डाँडाको पिण्डेश्वर मन्दिरमा बोलबम मेला लाग्छ । तीर्थालुहरू कोकाहा र कोसी नदी सङ्गमको जल बराहलाई चढाएर पिण्डेश्वर पुग्छन् ।

पिण्डेश्वर, बराहक्षेत्र र चतराधामको भ्रमण एकसाथ गर्न सकिन्छ । नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्यले चतरालाई प्राचीन हरिद्वारका रूपमा चिनाएका छन् । हरि (विष्णु) को बासस्थान बराहक्षेत्र जाने बाटामा पर्ने भएकाले चतरालाई हरिद्वार भनिएको ।

भगवान् विष्णुले कौशिकी तटमा मेला चलाएको धर्मग्रन्थमा उल्लेख छ । त्यसकै सम्झनामा जगत्गुरु देवाचार्यले वि.सं. २०५९ वैशाखदेखि महिना दिनसम्म चतरामा कुम्भ मेला गरेका थिए । दोस्रो कुम्भ वि.सं. २०७० चैत १७ देखि महिना दिन चलेको थियो । चतरामा ५९ फिट अग्लो कुम्भ स्तम्भ छ । यहाँ ओलिया मठ, राधा सर्वेश्वर मन्दिर, शिव मन्दिर, हवन कुण्ड, वृद्धाश्रम लगायतका सम्पदा छन् । बराहक्षेत्रमा मिश्रित जातजातिको बसोबास छ ।

बराहक्षेत्र घुम्ने उत्तम समय कात्तिकदेखि माघसम्म हो । बराहक्षेत्रमा कात्तिकको हरिबोधनी एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला निकै रमाइलो हुन्छ ।

कसरी पुग्नेः

काठमाडौंबाट धरान ५५० कि.मि. छ । काठमाडौंका कोटेश्वर र गोंगबुबाट धरान जाने बसहरू छुट्छन् । तिनले १३ घण्टामा धरान पु¥याउँछन् । अथवा काठमाडौंविराटनगर हवाई यात्रा ३५ मिनेट लाग्छ । विराटनगरबाट धरान ४० कि.मि. छ । धरानबाट चतरा हुँदै बराहक्षेत्र जाने भाडाका सवारी साधन चल्छन् । यसको दूरी २४ कि.मि. छ ।


Gallery