Car/Jeep 17
hours (529 kms to Thabang)
Bus 12
hours (465 kms to Libang)
6 hours (64 kms from Libang to Thabang)
Airplane 25
minutes (to Bhairahawa)
5 hours (230 kms to Libang from Bhairahawa via bus/car)
Walk 4 hours (Thabang village to Jaljala)
The highest area of the
Rolpa district is Jaljala (3650 m). It is the
center of natural heritage and religious faith. It has religious, natural and
historical significance.
Sisne Himal, Putha, and Dhaulagiri mountains are
visible from Jaljala. Religiously, there are temples of Kailu Baraha, Baju Baraha and Sahadey Barah. During monsoon,
Jaljala is covered with colourful flowers. During
March-April, Jaljala is painted with the vines of rhododendron. According to a research, 14 species of rhododendron bloom here.
Thrice a year, fair is organised on the full moon day in
the month of May, June and August. The pilgrims bestow sheep and hen. There is
a belief that offering sacrifices with such worship will fulfill the
aspiration.
In the Jaljala area there is a huge Bhama Cave. To the south of it
the river flows. In the water area, many species of fingerlings, flora, fauna,
herbs and birds are found.
The National Trust for Nature Conservation (NTNC) has
declared Jaljala area a protected area. In winter, the
area is covered with snow. Jaljala which falls on
Guerrilla Trek is connected with the Maoist people’s war which lasted for ten
years.
The Magar community lives in the Jaljala area. Thabang village (2,000 m) is located around Jaljala. Thabang village comprises two hundred and fifty houses made of stone, clay and wood. Moreover, few villages have a homestay facility.
How to reach
By road:
Kathmandu - Libang 465 km, 12 hours by bus.
By air:
Kathmandu - Bhairahawa 25 minutes flight. Bhairahawa- Libang 230 km. Libang
-Thabang is 64 km, six hours in jeep. Four hours trek from Thabang leads to Jaljala.
जलजला
रोल्पा जिल्लाको सबैभन्दा अग्लो
भूभाग हो जलजला (३,६५०
मि.) । प्राकृतिक सम्पदा र धार्मिक आस्थाको केन्द्र जलजला क्षेत्र तीन हजार मिटर
उचाइदेखि सुरु हुन्छ । यसको धार्मिक, प्राकृतिक र ऐतिहासिक महत्व छ ।
जलजलाबाट सिस्ने, पुथा, गुर्जा र धौलागिरि हिमाल देखिन्छ । त्यहाँ बीचमा सानो उपत्यका छ
। त्यहाँ हरिया पाटन छन् । धार्मिक हिसाबले त्यहाँ बज्यु बराह, कैलु बराह र सतदेवका मन्दिर छन् ।
बर्खा बेलामा जलजला रङविरङ्गका भुइँफुलले झिलीण्मिली हुन्छ । चैत–वैशाखमा गुराँसको बैंसले रङ्गिन्छ ।
एक अध्ययन अनुसार १४ प्रजातिका गुराँस फुल्छन् ।
वर्षमा तीन पटक वैशाख, जेठ र साउने पूर्णिमाका दिन जलजलामा
मेला लाग्छ । तीर्थालुहरू भेडा र कुखुराको बलि चढाउँछन् । यसरी पूजासहित बलि
चढाएमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
जलजला क्षेत्रमा विशाल भामा गुफा छ ।
यसको दक्षिणतिर खोला बग्छ । जलजला क्षेत्रमा थरीथरीका गली, जनावर, वनस्पति, फूल, जडीबुटी र चरा पाइन्छन् ।
राष्ट्रिय प्रकृति कोषले जलजला
क्षेत्रलाई संरक्षित क्षेत्र घोषणा गरेको छ । हिउँदमा जलजला क्षेत्र हिउँले
सेताम्मे बन्छ । नेपालमा दश वर्षसम्म चलेको माओवादी जनयुद्धसँग जोडिएको जलजला
क्षेत्र गुरिल्ला पदमार्गमा पर्दछ ।
जलजला क्षेत्रमा मगर समुदायको बसोबास
छ । जलजला मुन्तिर थवाङ गाउँ २,०००
मिटर उचाइमा छ । त्यहाँको आकर्षण परम्परागत घर हुन् । ढुङ्गा, माटो र काठबाट बनेका दुई सय पचास घर
छन् । मगर बाहुल्य गाउँमा होमस्टे सुविधा छ ।
असोजदेखि माघसम्म जलजला घुम्ने उत्तम
समय हो ।
कसरी पुग्नेः
काठमाडौं–लिवाङ (४६५ कि.मि.) बसमा १२ घण्टा
लाग्छ । अथवा हवाई यात्राबाट काठमाडौं–भैरहवा २५ मिनेटमा पुगिन्छ । भैरहवा–लिवाङको दूरी २३० कि.मि. छ । लिवाङ–थवाङ ६४ कि.मि. को बाटो जीपमा ६
घण्टा लाग्छ । थवाङबाट चार घण्टाको पदयात्रामा जलजला पुगिन्छ ।