| प्रेस विज्ञप्ती
2 months, 2 weeks ago |
| शोक विज्ञप्ति
None |
| चलचित्र विकास बोर्ड र मगर चलचित्रकर्मी संघको सहकार्यमा पोखरामा ड्रोनसहितको फोटोग्राफी–भिडियोग्राफी तालिम
7 months ago |
| चलचित्र कथा–लेखन सम्बन्धी एक दिने आधारभूत कार्यशाला सम्पन्न
7 months ago |
| चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्रका पोष्टर संकलन, विशेष प्रदर्शनी आयोजना हुने
7 months ago |
मितिः २०७५।१।६ः नेपाल सरकारले चलचित्र घरहरुमा बक्स अफिस प्रणाली लागू गर्ने कार्यलाई कडाईका साथ कार्यान्यनमा ल्याउन चलचित्र घरहरुलाई कानूनी कारबाही अघि बढाउने भएको छ । बोर्डले २०७५ वैशाख १ गतेदेखि परिक्षणको रुपमा लागू गर्नका लागि काठमाण्डौं उपत्यकाका चलचित्रघरहरुमा बक्स अफिस लागू गर्ने विषयमा सम्बन्धित सरोकारवालाहरुसँग पटक पटक छलफल गरी विभिन्न मितिमा गरी तीन पटक पत्राचार गरी २०७४ चैत्र मसान्त भित्र ई टिकेटिङ जडान नभएका चलचित्रघरहरुले अनिवार्य रुपमा बक्स अफिस म्यानेजमेन्ट सिस्टम (सेन्ट्रल सिनेमा म्यानेजमेन्ट सिस्टम) जडान गर्नका लागि आवश्यक पर्ने हार्डवेयरका सामान तथा ईन्टरनेट सेवा जडान गर्न भनी पत्राचार गरेकोमा हालसम्म पनि कतिपय चलचित्रघरहरुले उक्त पूर्वाधारहरु जडान नगरेको तथा ईटिकेटिङ प्रणालीबाट टिकट विक्री वितरण गर्दै आईरहेका काठमाण्डौं उपत्यकाका मल्टिप्लेक्स चलचित्रघरहरुलाई २०७४ चैत्र १५ गतेभित्र केन्द्रिय सर्भर सँग ईटिकेटिङ सम्बन्धी सफ्टवेयर लिङ्क गर्ने एपिआई इन्टिग्रेट गराउन पत्राचार गरेकोमा कतिपय चलचित्र घरहरुले सो नगराएको हुँदा बक्स अफिस लागू गर्ने कार्यमा अटेर गर्ने चलचित्रघरहरुलाई सरकारले कडाईका साथ कानूनी कारबाहीको प्रक्रिया अघि बढाई बक्स अफिस लागू गरिने व्यहोरा यसै विज्ञप्ति मार्फत सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।
(निकिता पौडेल)
अध्यक्ष