badapatra


बक्स अफिस व्यवस्थापन प्रणालीमा आवश्यक मर्मत तथा प्रणाली स्तर उन्नती (Upgradation) कार्यको कारणले आज राति बक्स अफिस प्रणालीको सेवा अवरुद्ध हुनसक्ने सुचना ।

8 months ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २९ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months, 1 week ago

वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना

8 months, 1 week ago

प्रस्ताव आह्वान सम्बन्धी सूचना

8 months, 2 weeks ago

साप्ताहिक बक्स अफिस रिपोर्ट – मिति २०८२ कार्तिक २२ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट @सिनेपाः, कलेक्सन

8 months, 2 weeks ago

प्रस्ताव आव्हान सम्बन्धि सूचना

2 years, 5 months ago | Published: Feb. 25, 2024, 3:33 p.m. | Views: 20695

 नेपाल सरकार

     सञ्चार तथा सूचना प्रविधि मन्त्रालय

  चलचित्र बिकास बोर्ड

     सरस्वतीनगर, काठमाडौं ।

       प्रस्ताव आव्हान सम्बन्धि सूचना

        (प्रथम पटक प्रकाशित मिति २०८०।११।१३ )

यस चलचित्र बिकास बोर्डमा आ.ब. २०८०।८१ मा स्वीकृति वार्षिक कार्यक्रम अनुसार आदिवासी जनजाति चलचित्र महासंघ संग आवद्ध आदिवासी, समुदायका भाषिक मातृभाषीमा बन्ने चलचित्रहरुको बिकास, विस्तार र प्रवद्र्धनमा सहयोग पुग्ने किसिमको कार्यक्रम गर्न ईच्छुक सरोकारवाला संघ/संस्थाले प्रस्ताव तयार गरी मिति २०८०।११।२७.मा प्रथम पटक प्रकाशित सूचनामा उल्लेखभए बमोजिम हुनेछ ।

शर्त:–

१. आ.ब.२०८०।८१ क लागि नविकरण गरेको र्फम वा संस्था दर्ता प्रमाणपत्र PAN वा VAT मा दर्ता भएको प्रमाण पत्रहरुको प्रतिलिपि संलग्न गरी रु.१० को हुलाक टिकट टाँसी कार्यालय समयसम्म कार्यक्रमको प्रस्ताव चलचित्र विकास बोर्डको कार्यालयमा दर्ता गर्न सकिनेछ ।

२. आदिवासी, जनजातीसंग सम्बन्धित विभिन्न भाषिक समुदायका मातृभाषाको चलचित्रसंग सम्बन्धित सरोकारवाला संघ/संस्थाले कार्यक्रमको प्रस्ताव पेश गर्दा देहाय बमोजिम विवरण अनिवार्य समावेश गर्नुपर्ने छ ।

क) कार्यक्रम 

ख) आदिवासी, जनजातीका विभिन्न भाषिक समुदायका मातृभाषामा बन्ने चलचित्र क्षेत्रको बिकास र प्रवद्र्धनमा पुग्न सक्ने योगदानको विवरण ,

ग) कार्यक्रमको लक्ष्य र उद्येश्य, 

घ) कार्यक्रममा सहभागी हुने सहभागीहरुको योग्यता एवम् संस्या,

ङ) कार्यक्रममा सहभागी हुने श्रोत व्यतिmको अनुभव र योग्यता,

च) यस अघि यस्तै प्रकारको कार्यक्रम संचालन गर्दा चलचित्र बिकास बोडबाट आर्थिकसहयोग भए/नभएको, भएको भए रकम खुुलाउनु पर्ने,

छ) कार्यक्रमको स्थान , समय र मिति,

ज) कार्यक्रमको संचालन गर्न अन्य कुनै निकाय संघ/सस्थाबाट सहयोग प्राप्त हुने भए सो सम्बन्धी विवरण, 

झ) कार्यक्रममा खर्च हुने शीर्षक सहितको अनुमानित रकम चलचित्र बिकास बोडले वेहोर्नु पर्ने रकम खुलाउनु पर्ने, 

ञ) कार्यक्रममा चलचित्र बिकास बोडका पदाधिकारी वा कर्मचारीलाई समावेश गराउनु पर्ने, 

३. प्रस्ताव सम्बन्धि कागजात दाखिला गर्ने अन्तिम दिन विदा परे विदा पसिछको कार्यालय खुलेको दिन प्रस्ताव दार्त गर्न सकिने छ ।

४. प्रस्ताव स्वीकृत गर्ने आंशिक स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस बोर्डमा निहित रहनेछ ।

५. प्रस्ताव सम्बन्धी कागजातको प्रत्येक पानामा प्रस्तावदाताले दस्तखत गरी र्फमको छाप लगाउनु पर्नेछ ।

६. रीत नपुगी रम्याद नाघी आएको प्रस्ताव उपर कुनै कारबाही हुनेछैन ।

७. यो सूचना चलचित्र बिकास बोडको सूचनापाटीमा र बेवसाइड www.film.gov.np मा पनि हेर्न सकिनेछ ।

८. सूचनामा उल्लेख नभएका कुराको हकमा सार्वजनिक खरिद ऐन २०६३ तथा सार्वजनिक खरिद नियमावली,२०६४ अनुसार हुनेछ ।