badapatra


राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना २०८२

2 months, 3 weeks ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र ०७ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

2 months, 3 weeks ago

निर्देशकहरूको नामावली तथा चलचित्र पोस्टर विवरण उपलब्ध गराउने सम्बन्धी सूचना

3 months ago

साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ फागुन ३० गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन

3 months ago

चलचित्र विकास बोर्डको आयोजनामा पौडी तालिम सञ्चालन हुने

3 months ago

चलचित्र छात्रवृत्ति सम्बन्धी सूचना (२०८०।६।२४ बुधबार, गोरखापत्र दैनिक)

2 years, 8 months ago | Published: Oct. 11, 2023, 10 a.m. | Views: 21869

चलचित्र सम्बन्धी अध्ययन, अनुसन्धान एवं विद्वत्वृत्तिका लागि प्रोत्साहन गर्न यस बोर्डबाट प्रदान गरिने छात्रवृत्तिका लागि सम्बन्धित विषयमा अध्ययनरत योग्य नेपाली विद्यार्थी, अनुसन्धाता तथा शोधकर्ताबाट तोकिएका प्रमाण र कागजातहरूसहित छात्रवृत्तिका लागि आवेदन पेश गर्नुहुन सम्बन्धित सबैका लागि यो सूचना प्रकाशित गरिएको छ ।

१. विद्यावारिधि शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा विद्यावारिधि गर्दै गरेका – २ जना
२. दर्शनाचार्य शोधवृत्तिः चलचित्र सम्बन्धी विषयमा दर्शनाचार्य गर्दै गरेका – २ जना
३. स्नातकोत्तर छात्रवृत्तिः
    (क) चलचित्र सम्बन्धी शोधकार्य गर्ने – २ जना
    (ख) चलचित्र सम्बन्धी ऐच्छिक पत्र लिने तथा शोधपत्रसमेत लेख्ने विद्यार्थी – २ जना

४. स्नातक छात्रवृत्तिः चलचित्र सम्बन्धी मूल विषय लिएर स्नातक तह अध्ययनरत जम्मा १० (दश) जनाको लागि,
– खुलातर्फः ५ (पाँच) जना
– आरक्षणतर्फः ५ (पाँच) जना
(क) मधेशी, दलित र जनजातितर्फ– ३ (तीन) जना,
(ख) महिलातर्फ– २ (दुई) जना

५.लघु पाठ्यक्रमः
– चलचित्र सम्बन्धी मूल विषय लिएर लघु पाठ्यक्रम अध्ययनरत विद्यार्थीहरू – २ जना

सम्बन्धित आवेदकहरूले प्रथम पटक सूचना प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिनभित्र,

दरखास्त दिने अन्तिम मितिः २०८० कार्तिक ८ गतेभित्र /
Application Deadline25th October, 2022)

बोर्डको कार्यालयमा वा इमेल
 nepalfilmscholarship@gmail.com मार्फत् अनलाइन आवेदन दर्ता गराइसक्नु पर्नेछ।कार्यालयमा दरखास्त दिने अन्तिम दिन सार्वजनिक विदा परेमा विदा पश्चातको कार्यालय खुल्ने पहिलो दिनसम्म दर्ता गर्न सकिनेछ।तर इमेल मार्फत अनलाइन दरखास्त बुझाउनेको हकमा अन्तिम मिति २०८० कार्तिक ८ गतेभित्र बुझाएका दरखास्तलाइ मात्र मान्यता दिइनेछ । 

इमेल मार्फत् फारम भरी पठाउँदा पालना गर्नुपर्ने विधिः,
a. Subject मा Application Level _ First Name _ Year _ Institution_Name:

जस्तैः BachelorsLevel_Sita_2080_OSCAR, or Bachelors_Ram_2080_NFC, Masters_Krishna_2080_TU etc. नाम उल्लेख गर्नु पर्नेछ ।

b. दरखास्त साथ पेश गर्ने कागजातहरू स्क्यान गरी PDF वा JPG Format (कम्तीमा 200 dpi रिजुलेशनमा Attach गर्नुपर्नेछ ।
c. 
एकजना विद्यार्थीसँग सम्बन्धित दरखास्त पठाउँदा एउटै इमेलमा सम्पूर्ण संलग्न गर्नुपर्ने कागजातहरू Attach वा PDF प्याकेज गर्नुपर्नेछ । कुनै कागजात छुट भइ थप गर्नुपर्ने भएमा म्यादभित्र बोर्डको कार्यालयमा सम्पर्क राखी दर्ता गराउनु पर्नेछ।
d.  अनलाइन दरखास्त दिनुहुने विद्यार्थीहरूले अनुकुल समय वा अन्तर्वातामा उपस्थित हुँदा सक्कल दरखास्त फारम, पेश गरेका कागजातहरू र रू.१०।– (दश) को हुलाक टिकट अनिवार्य बुझाउनु पर्नेछ ।

 

दरखास्त  फारम डाउनलाेड गर्न तलको लिंक प्रयाेग गरी डाउनलोड गर्नुहोस्ः

1. Application form Bachelor and Short-TermCourse, (PDF)

2. Application form Masters MPhil PHD Course. (PDF)


If you want to fill up application in MS WORD FILE, then Click the following links:


दरखास्त फारम साथ संलग्न गर्नुपर्ने कागजातहरूः
– रू. १०।– (दश) को हुलाक टिकट सहितको आवेदन फारम,
– 
नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि,
– 
शैक्षिक योग्यताको प्रमाणपत्रका प्रतिलिपिहरू (सक्कल बमोजिम नक्कल ठीक छ उल्लेख गर्ने वा नोटरी गरी पेश गर्नुपर्नेछ,
– 
छात्रवृत्तिका लागि स्थानीय निकायशैक्षिक संस्थावा अन्य कुनै निकायले सिफारिस गरेको भए सोको प्रतिलिपि,
– 
महिलामधेशीअपाङ्गदलितजनजाति तथा सहिद परिवार हकमा सम्बन्धित निकाय वा आयोगको सिफारिस पत्र/प्रमाण पत्र।
– 
स्नातकोत्तरदर्शनाचार्यवा विद्यावारिधि तहको हकमा स्वीकृत शोध प्रस्तावको प्रतिलिपि।
– 
साथै छात्रवृत्तिका लागि स्थानीय निकायको सिफारिसको प्रमाणित कागजात 

- यस अघि चलचित्रमा काम गरेको अनुभव भए सो प्रमाणित गर्ने कागजात, तथा अन्य छात्रवृत्ति छनोटमा सहयोग गर्ने सिफारिस लगायतका कागजातहरू।

- आरक्षण कोटामा दरखास्त दिने विद्यार्थीहरूले खुलामा समेत दरखास्त बुझाउन सक्नेछन् ।


अन्य थप जानकारीको लागि चलचित्र विकास बोर्डको इमेल  nepalfilmscholarship@gmail.com वा ०१४८१२३३२ मा बोर्डकी अधिकृत कर्मचारी श्री निता बिम्बसँग सम्र्पर्क गर्न सक्नुहुनेछ ।