चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी सूचना
11 months, 2 weeks ago |
बाल चलचित्र महोत्सवमा प्रदर्शनका लागि चलचित्र आव्हान सम्बन्धी सूचना
11 months, 2 weeks ago |
कथा संग्रहालय (स्टोरी बैंक) मा चलचित्रको कथा, पटकथा र संवाद सहितको स्क्रिप्ट संकलन सम्बन्धी सूचना
11 months, 3 weeks ago |
चलचित्र मन्चका लागि लेख रचना माग गरिएकाे सम्बन्धी सूचना
11 months, 3 weeks ago |
राष्ट्रिय एवं विशेष चलचित्र पुरस्कार सम्बन्धी सूचना
1 year ago |
काठमाडौँ।
८६औं एकेडेमी अवार्ड (अस्कर)को लागि विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति नेपालले नेपाली चलचित्रको आवेदन माग गरेको छ । यो अवार्डमा सहभागी हुन एकेडेमीद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा उत्कृष्ट चलचित्र छनोट गरी पठाईनेछ ।
समितिले नेपाली चलचित्र निर्देशक र निर्माताहरूलाई आफ्नो चलचित्र २०७० श्रावण ६ गते आइतबार १ बजेभित्र यस समितिको सचिवालयमा दर्ता गराउन आह्वान गरेको छ ।
द एकेडेमी अफ् मोशन् पिक्चर आर्टस् एन्ड साइन्सेस्द्वारा २०७० फागुन १८ गते अर्थात् सन् २०१४ मार्च २ तारिखका दिन संयुक्त राज्य अमेरिकाको लस एन्जेलसमा अवार्ड प्रदान हुनेछ ।
सम्पर्कका लागि विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति (नेपाल)को सचिवालय काठमाडौंको फोन ०१–४४११७९१ वा अध्यक्षको सम्पर्क नम्बर ९८०५१२३५१७ र सचिवको सम्पर्क नम्बर ९८५१०२९२०० तोकिएको छ ।
विज्ञप्तिः
86th ACADEMY AWARDS 2014 Film Selection Committee (Nepal):