badapatra


चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन

3 years, 10 months ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट पेश गर्ने सूचनाको म्याद थप सम्बन्धी सूचना ( २०७९।७।३ )

4 years ago

आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

4 years ago

स्टोरी बैंकमा चलचित्रको कथा,पटकथा र संवाद सहितको स्कृप्ट सम्बन्धी सूचना (प्रथम पटक प्रकाशित मितिः २०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १२)

4 years, 1 month ago

चलचित्र जाँचका लागि सिफारिस, चलचित्र प्रदर्शन गर्ने समय र इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्तहरु सम्बन्धी सूचना (२०७९।५।३०, कान्तिपुर दैनिक, पृष्ठ १०)

4 years, 1 month ago

विज्ञ तथा इच्छुक चलचित्रकर्मीहरूलाई समितिमा आबद्ध हुन आवेदन पेस गर्ने सम्बन्धी सूचना

4 hours ago | Published: Nov. 6, 2026, 5:40 p.m. | Views: 143

विज्ञ तथा इच्छुक चलचित्रकर्मीहरूलाई समितिमा आबद्ध हुन आवेदन पेस गर्ने सम्बन्धी सूचना

सूचना प्रकाशित मितिः २०८३।०७।२०

बोर्डको काम, कारबाही सँग सम्बन्धित बोर्डबाट गठन हुने विभिन्न समितिहरूको कार्यलाई थप प्रभावकारी, व्यवस्थित तथा विशेषज्ञतामा आधारित बनाउन चलचित्र क्षेत्र तथा यससँग सम्बन्धित विभिन्न विधामा ज्ञान, सीप, अनुभव र रुचि भएका इच्छुक व्यक्तिहरूलाई समितिमा सदस्यका रूपमा आबद्ध गराउने उद्देश्यले यो सूचना प्रकाशन गरिएको छ।

 चलचित्र निर्माता, निर्देशक, चलचित्र अनुसन्धानकर्ता, अनुसन्धानमा रुचि भएका, विषयगत विज्ञ, कार्यक्रम व्यवस्थापक, कार्यक्रम तथा परियोजना सञ्चालनसम्बन्धी मोडालिटी विज्ञलगायत चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विधामा अनुभव तथा दक्षता भएका इच्छुक व्यक्तिहरूले सम्बन्धित विषयगत विज्ञता खुल्ने गरी यस सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र बोर्डको इमेल fdbnepal@gmail.com मा आफ्नो वैयक्‍तिक विवरण (CV) पठाउनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।(WhatsApp 9803412956)