| शोक विज्ञप्ति
6 months, 3 weeks ago |
| राष्ट्रिय चलचित्र पुरस्कारका लागि चलचित्र दर्ता सम्बन्धी सूचना
6 months, 3 weeks ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८२ चैत्र २८ गते शनिबार, ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
6 months, 3 weeks ago |
| 'अजर अमर निर्देशक' पुस्तक प्रकाशन सम्बन्धित सूचना
7 months ago |
| चलचित्रका पोष्टरहरू उपलब्ध गराउने सम्बन्धि सूचना
7 months ago |
विज्ञ तथा इच्छुक चलचित्रकर्मीहरूलाई समितिमा आबद्ध हुन आवेदन पेस गर्ने सम्बन्धी सूचना
सूचना प्रकाशित मितिः २०८३।०७।२०
बोर्डको काम, कारबाही सँग सम्बन्धित बोर्डबाट गठन हुने विभिन्न समितिहरूको कार्यलाई थप प्रभावकारी, व्यवस्थित तथा विशेषज्ञतामा आधारित बनाउन चलचित्र क्षेत्र तथा यससँग सम्बन्धित विभिन्न विधामा ज्ञान, सीप, अनुभव र रुचि भएका इच्छुक व्यक्तिहरूलाई समितिमा सदस्यका रूपमा आबद्ध गराउने उद्देश्यले यो सूचना प्रकाशन गरिएको छ।
चलचित्र निर्माता, निर्देशक, चलचित्र अनुसन्धानकर्ता, अनुसन्धानमा रुचि भएका, विषयगत विज्ञ, कार्यक्रम व्यवस्थापक, कार्यक्रम तथा परियोजना सञ्चालनसम्बन्धी मोडालिटी विज्ञलगायत चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न विधामा अनुभव तथा दक्षता भएका इच्छुक व्यक्तिहरूले सम्बन्धित विषयगत विज्ञता खुल्ने गरी यस सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र बोर्डको इमेल fdbnepal@gmail.com मा आफ्नो वैयक्तिक विवरण (CV) पठाउनुहुन अनुरोध गरिन्छ। थप जानकारीका लागि बोर्डमा सम्पर्क गर्न सकिनेछ।(WhatsApp 9803412956)
