| नेपाली चलचित्र क्षेत्रका पुस्तक र चलचित्र स्क्रिप्ट (पटकथा) उपलब्ध गराउने सम्बन्धी सूचना
9 months ago |
| २५ औं वार्षिकोत्सव अवसरमा सम्मान कार्यक्रमको लागि सूचना
10 months, 1 week ago |
| अनुरोध सम्बन्धमा
10 months, 2 weeks ago |
| चलचित्र विकास बोर्डको सहकार्यमा विराटनगरमा ३ दिने कार्यशाला सम्पन्न
10 months, 3 weeks ago |
| चलचित्र मञ्च प्रकाशनका लागि मौलिक रचना पठाउने सम्बन्धी सूचना
10 months, 2 weeks ago |
यस बोर्डको आ.व.२०७९÷८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार आदिवासी, जनजाति, मैथली,
मधेसी, भोजपुरी, अवधि,
थारु लगायत विभिन्न भाषा
संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न ईच्छुक सरोकारवाला संघ/संस्थाले प्रस्ताव तयार गरी तीस दिन भित्र पेश गर्न यो
सूचना प्रकाशित गरिएको छ ।
शर्तहरुः–
१. आ.ब. २०७८÷७९ का लागि नवीकरण गरेको फर्म वा संस्था दर्ता प्रमाण पत्र, PAN वा VAT मा दर्ता भएको प्रमाणपत्र र आ.ब.२०७७÷७८ सम्मको कर चुक्ता
गरेको प्रमाणपत्रहरुको प्रतिलिपि संलग्न गरी
निवेदनमा रु.१०।– को टिकट टाँसी गरी यो
सूचना प्रकाशित मितिले तीस दिनभित्र कार्यालय
समयसम्म कार्यक्रमको प्रस्ताव चलचित्र विकास बोर्डको कार्यालयमा दर्ता गर्न सकिनेछ
।
२. आदिवासी, जनजाति तथा मधेसी, दलित साथै विभिन्न
भाषिक समुदायका मातृभाषाको चलचित्र सँग सम्बन्धित
सरोकारवाला संस्थाले कार्यक्रमको प्रस्ताव पेश गर्दा देहायका विवरण अनिवार्य
समावेश गर्नुपर्नेछ ।
क) कार्यक्रमको लक्ष्य एवं उद्देश्य¸
ख) कार्यक्रमबाट आदिवासी, जनजाति तथा मधेसी, दलित साथै विभिन्न
भाषिक समुदायका मातृभाषामा बन्ने चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा पुग्न सक्ने योगदानको विवरण¸
ग) कार्यक्रम गर्दा लाभान्वित हुने वर्ग वा क्षेत्र¸
घ) कार्यक्रममा सहभागी हुने सहभागीहरुको योग्यता एवं
संख्या¸
ङ) कार्यक्रममा सहभागी हुने स्रोत ब्यक्तिको अनुभव र
योग्यता¸
च) यस अघि यस्तै प्रकारको
कार्यक्रम संचालन गर्दा चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग भए ÷ नभएको भएको भए रकम खुलाउनु पर्ने¸
छ) कार्यक्रम
गर्ने स्थान,
समय र मिति
ज) कार्यक्रम
सञ्चालन गर्न अन्य कुनै निकाय वा संघ/संस्थाबाट सहयोग
प्राप्त हुने भए सो सम्बन्धी विवरण¸
झ) कार्यक्रममा खर्च हुने शीर्षक सहितको अनुमानित
लागतमा बोर्डबाट व्यहोर्नु पर्ने रकम खुलाउनु पर्नेछ¸
ञ) कार्यक्रममा बोर्डका पदाधिकारी वा कर्मचारीहरुको सहभागिता सम्बन्धि¸
३. चलचित्रमा
प्रयोग हुने प्रविधि सम्बन्धी, मौलिक संस्कृतिको विकास सम्बन्धी खोजमूलक सामाग्री निर्माण,
मौलिक संस्कृतिका विषयमा कथा/पटकथा लेखन आदि विषयका कार्यक्रम प्रस्तावलाई विशेष
प्राथमिकता दिइनेछ ।
४. प्रस्ताव सम्बन्धी कागजात दाखिला गर्ने अन्तिम दिन
विदा परे विदा पछि कार्यालय खुलेको दिन प्रस्ताव दर्ता गर्न सकिनेछ ।
५. प्रस्ताव
स्वीकृत गर्ने,
आंशिक स्वीकृत गर्ने वा कुनै
कारण नजनाई अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस बोर्डमा निहित रहने छ ।
६. प्रस्ताव
सम्बन्धी कागजातको प्रत्येक पानामा प्रस्तावदाताले
दस्तखत गरी फर्मको छाप लगाउनुपर्नेछ¸
७. रित
नपुगी र म्याद नाघी आएको प्रस्ताव उपर कुनै कारवाही हुनेछैन ।
८. यो सूचना चलचित्र विकास
बोर्डको सूचना पाटीमा र वेबसाईट www.film.gov.np मा पनि हेर्न सकिनेछ ।
९. सूचनामा
उल्लेख नभएका कुराको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार हुनेछ ।