आदिवासी जनजाती मातृभाषी चलचित्र प्रवर्द्धन कार्यक्रम प्रस्ताव सम्बन्धी सूचना (२०७९।०६।३१)

2 years ago | Published: Oct. 17, 2022, 11:50 a.m. | Views: 7169

यस बोर्डको आ.व.२०७÷८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार आदिवासी, जनजातिमैथली, मधेसी, भोजपुरी, अवधि, थारु लगायत विभिन्न भाषा संस्कृतिमा बन्ने चलचित्रहरुको विकास, विस्तार र प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गर्न ईच्छुक सरोकारवाला संघ/संस्थाले प्रस्ताव तयार गरी तीस दिन भित्र पेश गर्न यो सूचना प्रकाशित गरिएको छ ।

शर्तहरुः

१.    आ.ब. २०७÷७९ का लागि नवीकरण गरेको फर्म वा संस्था दर्ता प्रमाण पत्र, PAN वा VAT मा दर्ता भएको प्रमाणपत्र र आ.ब.२०७÷ सम्मको कर चुक्ता गरेको प्रमाणपत्रहरुको प्रतिलिपि संलग्न गरी निवेदनमा रु.१०।को टिकट टाँसी गरी यो सूचना प्रकाशित मितिले तीस दिनभित्र कार्यालय समयसम्म कार्यक्रमको प्रस्ताव चलचित्र विकास बोर्डको कार्यालयमा दर्ता गर्न सकिनेछ ।

२.   आदिवासी, जनजाति तथा मधेसी, दलित साथै विभिन्न भाषिक समुदायका मातृभाषाको चलचित्र सग सम्बन्धित सरोकारवाला संस्थाले कार्यक्रमको प्रस्ताव पेश गर्दा देहायका विवरण अनिवार्य समावेश गर्नुपर्नेछ ।

क)    कार्यक्रमको लक्ष्य एवं उद्देश्य¸

ख)    कार्यक्रमबाट आदिवासी, जनजाति तथा मधेसी, दलित साथै विभिन्न भाषिक समुदायका मातृभाषामा बन्ने चलचित्र क्षेत्रको विकास र प्रवर्द्धनमा पुग्न सक्ने योगदानको विवरण¸

ग)    कार्यक्रम गर्दा लाभान्वित हुने वर्ग वा क्षेत्र¸

घ)    कार्यक्रममा सहभागी हुने सहभागीहरुको योग्यता एवं संख्या¸

ङ)    कार्यक्रममा सहभागी हुने स्रोत ब्यक्तिको अनुभव र योग्यता¸

च)    यस अघि यस्तै प्रकारको कार्यक्रम संचालन गर्दा चलचित्र विकास बोर्डबाट आर्थिक सहयोग भए ÷ नभएको भएको भए रकम खुलाउनु पर्ने¸

)    कार्यक्रम गर्ने स्थान, समय र मिति

)    कार्यक्रम सञ्चालन गर्न अन्य कुनै निकाय वा संघ/संस्थाबाट सहयोग प्राप्त हुने भए सो सम्बन्धी विवरण¸

)    कार्यक्रममा खर्च हुने शीर्षक सहितको अनुमानित लागतमा बोर्डबाट व्यहोर्नु पर्ने रकम खुलाउनु पर्नेछ¸  

)    कार्यक्रममा बोर्डका पदाधिकारी वा कर्मचारीहरुको सहभागिता सम्बन्धि¸

३.    चलचित्रमा प्रयोग हुने प्रविधि सम्बन्धी, मौलिक संस्कृतिको विकास सम्बन्धी खोजमूलक सामाग्री निर्माण, मौलिक संस्कृतिका विषयमा कथा/पटकथा लेखन आदि विषयका कार्यक्रम प्रस्तावलाई विशेष प्राथमिकता दिइनेछ ।

.    प्रस्ताव सम्बन्धी कागजात दाखिला गर्ने अन्तिम दिन विदा परे विदा पछि कार्यालय खुलेको दिन प्रस्ताव दर्ता गर्न सकिनेछ

.    प्रस्ताव स्वीकृत गर्ने, आंशिक स्वीकृत गर्ने वा कुनै कारण नजनाई अस्वीकृत गर्ने सम्पूर्ण अधिकार यस बोर्डमा निहित रहने छ

.    प्रस्ताव सम्बन्धी कागजातको प्रत्येक पानामा प्रस्तावदाताले दस्तखत गरी फर्मको छाप लगाउनुपर्नेछ¸

.    रित नपुगी र म्याद नाघी आएको प्रस्ताव उपर कुनै कारवाही हुनेछैन

.    यो सचना चलचित्र विकास बोर्डको सूचना पाटीमा र वेबसाईट www.film.gov.np मा पनि हेर्न सकिनेछ

.    सूचनामा उल्लेख नभएका कुराको हकमा सार्वजनिक खरिद ऐन, २०६३ तथा सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार हुनेछ ।