| लघु चलचित्र प्रतियोगिता सम्बन्धी सूचना (२०७९।१२।१०)
3 years, 2 months ago |
| ADVANCED SCREENWRITING AND DIRECTION WORKSHOP with ANUPAM BARVE (17-19 March 2023)
3 years, 3 months ago |
| महिला चलचित्रकर्मीहरुले परिचय विवरण उपलब्ध गराउने सम्बन्धी सूचना (माघ २९, २०७९)
3 years, 3 months ago |
| Children Film Society (CFS)- Open Call Online Campaign
3 years, 4 months ago |
| चलचित्र जाँच (सेन्सर) का लागि सिफारिस लिने प्रक्रिया तथा चलचित्र प्रदर्शन गर्ने समयमा संशोधन
3 years, 5 months ago |
काठमाडौं । चलचित्र समीक्षा तथा चलचित्र पत्रकारितासम्बन्धी तीन दिने तालिम सम्पन्न भएको छ । आइडिया ग्रोभको आयोजनामा तथा चलचित्र विकास बोर्डको सहकार्यमा अनामनगरस्थित सिलौटो कटेजमा जेठ २५ देखि २७ गतेसम्म तालिम सञ्चालन भएको हो ।
चलचित्र पत्रकारिताको गुणस्तर अभिवृद्धि गर्ने, समीक्षा लेखनलाई व्यावसायिक, जिम्मेवार र तथ्यपरक बनाउने उद्देश्यले आयोजित तालिममा विभिन्न सञ्चारमाध्यममा आबद्ध २५ जना पत्रकार सहभागी थिए । तालिममा चलचित्र समीक्षा लेखन, चलचित्र पत्रकारिताको वर्तमान अवस्था, समीक्षा लेखनका मापदण्ड, चलचित्रको कलात्मक तथा प्राविधिक पक्षको मूल्यांकन, दर्शक दृष्टिकोण र जिम्मेवार सञ्चार अभ्यासलगायत विषयमा प्रशिक्षण दिइएको थियो । तालिममा राजेश गङ्गाजु, अखण्ड भण्डारी र शान्ताराम बिडारीले सहजीकरण गरेका थिए ।
समापन समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको विकासमा पत्रकारिताको भूमिका महत्वपूर्ण हुने बताए । उनले स्वस्थ समीक्षा र तथ्यपरक पत्रकारिताले नेपाली चलचित्र उद्योगलाई थप सशक्त बनाउन योगदान पुर्याउने धारणा राखे । अध्यक्ष डिसीले चलचित्रका सकारात्मक तथा आलोचनात्मक पक्षलाई सन्तुलित ढंगले प्रस्तुत गर्न पत्रकारहरूलाई आग्रह गरे । यस्ता तालिमले चलचित्र पत्रकारितामा व्यावसायिकता र नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा पनि चलचित्र पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि बोर्डले आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।
आयोजक आइडिया ग्रोभका प्रतिनिधिहरूले तालिमले सहभागी पत्रकारहरूलाई चलचित्र समीक्षा तथा चलचित्र पत्रकारिताको व्यावहारिक ज्ञान हासिल गर्ने अवसर दिएको बताए । तीन दिनसम्म चलेको तालिम अन्तरक्रिया, अनुभव आदानप्रदान र अभ्यासमूलक सत्रसहित सम्पन्न भएको आयोजकले जनाएको छ ।


