| शोक विज्ञप्ति
7 hours ago |
| साप्ताहिक स्वदेशी चलचित्रको बक्स अफिस रिपोर्ट – मिति २०८३ जेठ २४ गते आइतबार , ११ः५९ राति सम्मको आधिकारिक बक्स अफिस रिपोर्ट सिनेपाः@ बक्सअफिस कलेक्सन
3 days, 7 hours ago |
| स्वदेशी चलचित्रहरूको साप्ताहिक बक्स अफिस कलेक्सन रिपोर्ट सार्वजनिक गर्ने सम्बन्धी सूचना
1 week ago |
| केन्द्रीय चलचित्र जाँच समितिको सूचना
1 week, 2 days ago |
| वृत्तचित्र तथा लघु चलचित्र प्रतियोगिताको नतिजा प्रकाशन
1 week, 2 days ago |
प्रथम पटक प्रकाशित मितिः २०७९।१२।१०ः मौलिक यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातिय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान राष्ट्रिय पहिचान र कला संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्र प्रतियोगिता गराई उत्कृष्ट चलचित्रलाई पुरस्कृत गर्ने कार्यक्रम रहेको हुँदा यस बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी यो सूचना प्रकाशित भएको मितिले ३० (तीस) दिनभित्र बोर्डको कार्यालय वा ई–मेल ठेगाना fdbnepal@gmail.com मा दरखास्त सहित आफ्नो लघु चलचित्र उपलब्ध गराउनुहुन लघु चलचित्र प्रतियोगिता सम्बन्धी कार्यविधि, २०७९ को दफा ११ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । उक्त सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको सूचना पाटी र वेवसाइट www.film.gov.np मा हेर्न सकिनेछ ।
सहभागिताका शर्तहरुः–
(१) निर्माता नेपाली नागरिक हुनुपर्नेछ ।
(२) चलचित्र लघु चलचित्र हुनुपर्नेछ ।
(३) लघु चलचित्र नेपाली वा नेपालको राष्ट्र भाषामा निर्माण गरिएको हुनुपर्नेछ ।
(४) सम्बन्धित निर्माता वा निजले अधिकार दिएको व्यक्ति आफै उपस्थित भई दरखास्त दिनुपर्नेछ ।
(५) फाराम पूर्णरूपमा भर्नुपर्नेछ । फाराममा भरिएका विवरणलाई छनोटका लागि अन्तिम आधार मानिनेछ ।
(६) बोर्डले लघु चलचित्र प्रतियोगितामा सहभागी भई पुरस्कृत हुने चलचित्रहरुलाई प्रोत्साहन गर्नका लागि स्वदेश तथा विदेशमा आयोजना हुने अवार्ड, महोत्सव, विशेष शो आदिमा सहभागी गराउन सक्नेछ ।
(७) सूचना प्रकाशन भएको मितिले ३ (तीन) वर्ष भित्र निर्माण भएका लघु चलचित्रहरु मात्र सहभागी हुन सक्नेछन् ।
(८) चलचित्र अवलोकनका लागि चलचित्रको फर्म्याटमाः पासवर्ड भएको कुनै पनि साईटको लिङ्क (Online Link) वा DCP बुझाउनुपर्नेछ ।
(९) लघु चलचित्र बढीमा ६० मिनेट समयावधिको हुनुपर्नेछ ।
(१०) लघु चलचित्र कुनै पनि फर्म्याटमा खिचिएको प्रशोधन गरिएको तथा कुनै पनि प्रविधिको प्रयोग गरी निर्माण गरिएको हुनुपर्नेछ ।
(११) सहभागी हुने लघु चलचित्र चलचित्र विकास बोर्डबाट चलचित्र निर्माण गर्न दिईने ईजाजतपत्र लिएको हुनुपर्नेछ ।
(१२) सहभागिता सम्बन्धी सम्पूर्ण जानकारी बोर्डको कार्यालय वा वेवसाइट http://www.film.gov.np बाट समेत गराइनेछ ।
(१३) सहभागिता सम्बन्धी अन्य शर्तहरु दरखास्त फाराममा उल्लेख भए बमोजिम हुनेछन् ।
(१४) सहभागि हुने लघु चलचित्र चलचित्र विकास वोर्डको स्टोरी बैकं कार्यक्रममा सहकार्य र सहयोग प्राप्त भएको हुनु हुँदैन ।
(१५) लघु चलचित्र छनोटको सर्वाधिकार समितिमा र पुरस्कार सम्बन्धी सर्वाधिकार बोर्डमा निहित रहनेछ ।
(१६) यस सम्बन्धी अन्य कुराहरु बुझ्नु परेमा चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ ।
दरखास्त बुझाउने अन्तिम दिनः मिति २०८० बैशाख १० गते आईतबारसम्म
सम्पर्क नम्बरः– ०१–४८२३९२८ (सम्पर्कः ९८४१३७१८१३ अधिकृतः राजेश चालिसे)